मिस इन्डिया मानुषी चिलरले जितिन् मिस वर्ल्‍ड २०१७ को ताज


मिस वर्ल्‍ड २०१७ को ताज मिस इन्डिया मानुषी चिलरले जितेकी छन्।चीनमा भएको उक्त प्रतियोगीतामा एक सय आठ जनालाई पछि पार्दै मानुषीले मिस वल्डको उपाधि जितेकी हुन्। भारतको हरियाणामा जिन्मिएकी २० वर्षीया मानुषीले मेडिकल साइन्समा स्नातक गरेकी छन्।

१७ वर्षपछि भारतले मिस वल्डको ताज जितेको हो। यसअघि १९९४ मा ऐश्‍वर्या राय, १९९७ मा डायना हेडन, १९९९मा युक्ता मुखी र सन् २००0 मा प्रियंका चोपडाले मिस वर्ल्‍डको ताज जितेकी थिइन्।

यस्तै मिस वर्ल्‍ड मेक्सिको एन्ड्रिया माजा, सेकेन्ड रनर अप मिस इंगल्याण्ड स्टेफनी हिल घोषित भइन् भने भारत मेक्सिको, इग्‍याण्डबाहेक फ्रान्स र केन्या मिस वर्ल्डको उत्कृष्ट ५ मा पुगेका थिए। यस्तै मिस ब्युटी विथ प्रपोजको उपाधि भने भियतनाम, भारत, इन्डानेसिया, दक्षिण अफ्रिका र फिलिपिन्सले संयुक्त रुपमा जितेका थिए।

मिस नेपाल २०१७ निकिता चान्डक मिस वर्ल्ड प्रतियोगितामा ‘मल्टिमिडिया सेक्सन’ तर्फ उत्कृष्ट ९ र ‘पिपुल्स च्वाइस अवार्ड’ तर्फ उत्कृष्ट १० भित्र पर्न सफल भइन्। तर यी दुवै टाइटल मंगोलियाकी सुन्दरीले हात पारिन्। ‘ब्युटी विथ अ पर्पस’ मा भने निकिता उत्कृष्ट २० र ‘टप मोडल सेक्सन’ मा उत्कृष्ट ३० सम्म अटाएकी थिइन्। तर उनी मिस वर्ल्ड को उत्कृष्ट ४० को पहिलो राउन्डबाट अगाडि बढ्न सकिनन्।

SUBSCRIBE 👉