स्लिम बडीको प्रश्न आउंदा तात्तिईन विध्या बालन


बलिउड अभिनेत्री विद्या वालनको पत्रकारहरू सँग त्यति राम्रो सम्बन्ध छैन। फिल्म ‘तुम्हारी सुलु’को प्रमोसनका बेला पनि विद्या पत्रकारसँगहरू नरम ढंगले प्रस्तुत भईनन्। समाचार अनुसार जब पत्रकारले उनको बढ्दो शारीरिक तौलका विषयमा प्रश्न सोधे तब विद्या पड्किइन्। उनलाई सोधिएको थियो “तपाईंका धेरै फिल्म महिला केन्द्रित छन्। अब आगामी दिनमा पनि यस्तै फिल्ममा काम गर्नुहुन्छ कि तौल घटाउने बारे सोच्नुहुन्छ ?”

पत्रकारको यस्तो प्रश्न सुनेपछि विद्याले प्रतिप्रश्न गरिन्, ‘तौल घटाउने कुरा र महिला केन्द्रित फिल्मका बीच के सम्बन्ध छ ?’ उनको त्यस्तो जवाफ सुनेपछि प्रश्न प्रष्ट पार्न पत्रकारले भने, “प्रश्नको तात्पर्य के हो भने तपार्इंले भविष्यमा ग्ल्यामर भूमिका पाउने विषयमा केही सोच्नुभएको छ कि ?” यो सुनेपछि विद्यालाई असह्य भयो। ‘म जस्तो छु र जस्तो किसिमको फिल्ममा काम गरिरहेकी छु, त्यसबाट म सन्तुष्ट छु। तर, म चाहन्छु कि तपाईं जस्ता व्यक्तिहरूले दृष्टिकोण बदल्न आवश्यक छ,’ विद्याले भनिन्। केही समय यता बलिउडमा नायिकाहरूले आफ्नो शरीर स्लिम बनाउन लागिपरेका छन्। तर विद्या बडी सेमिङको विरुद्धमा छिन्।

एतिबेला विद्याको ‘तुम्हारी सुलु’ रिलिज भएको छ। फिल्ममा उनीसँगै मानव कौल, नेहा धुपिया र आरजे मलिसकाको अभिनय छ। फिल्ममा विद्याले मध्यम वर्गीय परिवारको विवाहित महिला सुलुको भूमिका निभाएकी छन्। पति र बच्चासँग बस्ने सुलु निकै चञ्चल र खुशी छिन्। फिल्ममा उनी रेडियो जक्की पनि बनेकी छन्।

SUBSCRIBE 👉