हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेज नेपालमा


selena-gomez-in-nepal
ग्ल्यामर नेपाल, काठमाडौं । विश्व प्रसिद्ध नायिका तथा गायिका सेलेना गोमेज नेपाल आएको खुलासा भएको छ। युनिसेफकी गुडविल एम्बाडसर सेलेनाको तस्बिर बुद्ध एयरका एयर होस्टेज र कर्मचारीले ट्वीटरमा सार्वजनिक गरेपछि उनी आएको खुलासा भएको हो। यो खबरले सामाजिक सञ्जालमा भाइरल मच्चाएको छ।

Selena Gomez with a fan in Kanthmandu

Selena Gomez in Kathmandu, Nepal

सेलेना नेपालगञ्जमा भएको एक कार्यक्रममा भाग लिन आएको बताइएको छ। यद्यपी यो खबरको स्वतन्त्र पुष्टी हुन भने बाँकी छ। युनिसेफको नेपालस्थित कार्यालयले उनको आगमनलाई अत्यन्त गोप्य राखेको छ भने सेलेनाको अफिसियल फेसबुक र ट्वीटर एकाउन्टमा यसबारे केही खुलाइएको छैन्।

स्रोतका अनुसार सेनेला बुधबार अन्नपूर्ण बेस क्याम्प गएकी थिइन्। सार्वजनिक तस्बिर भने मंगलबार भक्तपुर क्षेत्रमा खिचिएको हो। तस्बिरहरुमा सेलेना निकै ‘कुल’ देखिएकी छिन्। सन् १९९२ जुलाई २२ मा जन्मिएकी सेलेना क्यानेडियन पपस्टार जस्टिन बिबरसँगको रोमान्सका कारण चर्चामा आइरहिन्छन्।

SUBSCRIBE 👉