मिस वर्ल्ड सुन्दरीको कमाई कति ?


‘मिस वर्ल्ड’ प्रतियोगिताको उपाधि जित्न विश्वभरिका सुन्दरीहरुले निकै मेहनत गर्ने गर्छन्। तर, के तपाईंलाई थाहा छ, त्यो मेहनतको मूल्य कति हुन्छ? हामी यति बेला ‘मिस वर्ल्ड’ मा उपाधि जित्ने विश्व सुन्दरीले पाउने पुरस्कारको कुरा गरिरहेका छौं।

संसारकै सुन्दरीको उपाधि जितेबापत युवतीहरुले करौडौं रुपैयाँ कमाउने गरेका छन्। विदेशी मिडियाहरुको रिपोर्टलाई मान्ने हो भने ‘मिस वर्ल्ड’को ताजको मूल्य मात्र ५ देखि ८ करोडसम्मको हुन्छ। यसबाहेक उपाधि जित्ने युवतीले राम्रो धनराशी पाउने गरेका छन्। उपाधि जित्ने सुन्दरीले १६ करोड रुपैयाँसम्म कमाउने गरेका छन्।

ताज र पैसाबाहेक पनि उनीहरुलाई ट्राभल अलाउन्सको सुविधा हुन्छ। जसका कारण उनीहरु एक वर्षसम्म विश्व भ्रमण गर्ने गर्छन्। यसका लागि उनीहरुले कुनै पनि हवाइजहाजमा आफूले पैसा खर्च गर्नु पर्दैन। ‘मिस वर्ल्ड’ भएपछि ठूलो ब्रान्डको प्रायोजनबाट हुने कमाइ छुट्टै हुन्छ।

SUBSCRIBE 👉