विज्ञानको नजरमा कस्तो युवतीको फिगर पर्फेक्ट ?


कस्तो अनुहारलाई राम्रो भन्ने, कस्तो शारीरिक बनौटलाई आकर्षक भन्ने ? यसको सर्वमान्य मापदण्ड छैन। किनभने भूगोल, परिवेश अनुसार ‘सुन्दरता एवं आकर्षक’को व्याख्या र बुझाई फरक छ। यद्यपी सुडौल शरीर अधिकांशले मन पराउँछन्, रुचाउँछन्, लोभिन्छन्। त्यही कारण यस्तो फिगर पाउन खासगरी युवतीहरु जिम धाइरहेका हुन्छन्, व्यायाम गरिरहेका हुन्छन्, खानपानमा सजगता अपनाइरहेका हुन्छन्।

तर, कतिपयले भने यस्तो गरिरहनु पर्दैन। प्राकृतिक रुपमै उनीहरुले आकर्षक फिगर पाउँछन्। यहाँ त्यस्तै एक युवतीको चर्चा गरिएको छ। उनको फिगरलाई विज्ञानले संसारकै उत्कृष्ट ठहर गरेको छ। टेक्सास यूनिभर्सिटीका वैज्ञानिकहरुले एक अनुसन्धान गरी यस्तो ठहर गरेका हुन्।

A post shared by Kelly Brook (@iamkb) on

यी युवती हुन् बि्रटिश मोडल केली ब्रुक। हो, उनैलाई वैज्ञानिकहरुले सबैभन्दा राम्रो फिगर भएकी युवती ठहर गरेका हुन्। ती वैज्ञानिकहरुका अनुसार केली न दुब्ली छिन्, न मोटी। उनको शरीरको हरेक हिस्सा पर्फेक्ट देखिन्छ।

यस रिसर्चमा वैज्ञानिकहरुले मानिसहरुलाई सोधेका थिए कि उनीहरुको नजरमा आकर्षक फिगरयुक्त युवतीको शारीरिक बनौट कस्तो हुनुपर्छ ? जवाफमा युवतीको उचाई, कपालदेखि लिएर तौल, अनुहारको आकारप्रकार र हिप्स पनि समावेश थिए। मानिसहरुले दिएको जवाफको आधारमा केली सबै गुणहरुले भरिपूर्ण भेटिइन् र फिगरको मामलामा संसारकै उत्कृष्ट ठहर भइन्।

👹

A post shared by Kelly Brook (@iamkb) on

के हो पर्फेक्ट फिगरको मापदण्ड ?
टेक्सास यूनिभर्सिटीको अनुसन्धानकर्ताका अनुसार परफेक्ट फिगरयुक्त महिला बन्नका लागि केही खास मापदण्डमा खरो उत्रिनुपर्ने हुन्छ। जस्तै महिलाको उचाई १.६८ मिटर हुनुपर्छ। महिलाको बक्षस्थल, तौल र हिप्सको हिसाब ९९-६३-९१ हुनुपर्छ। यी सबै मापदण्डमा खरो उत्रिएकी केलीले २०१५ देखि अहिलेसम्म यो टाइटलमा कब्जा जमाइरहेकी छिन्। उनको शरीरलाई नै संसारको सबैभन्दा आकर्षक मानिन्छ।

the sun

SUBSCRIBE 👉