गायक धिरज राई सांस्कृतिक दुतमा नियुक्त


dhiraj-rai-in-canada
ग्ल्यामर नेपाल, काठमाडौं। नेपाली पप गायनमा नेपाली माईकल ज्याक्सनको नामले चिनिने चर्चित गायक धिरज राई पछिल्लो समयमा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश लिएर विभिन्न मुलुकमा दौडिईरहेका छन। उनले गाएको ‘बुद्ध वाज बर्न इन नेपाल’ बोलको अंग्रेजी गीतले चर्चा पाईरहँदा उनलाई क्यानडामा रहेका नेपालीले लुम्बिनी – कपिलबस्तु दिवस अभियानको सांस्कृतिक दुतको रुपमा नियुक्त गरेका छन्।

बुद्ध जयन्तीको अवसर पारेर क्यानडामा आयोजित एक कार्यक्रममा अभियान विश्व कार्यसमितिका क्यानडा संयोजक चन्द्र राई र अवैतानिक महावाणिज्य दूत डा. कुन्जर शर्माले सांस्कृतिक दुतको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। प्रमाणपत्रमा अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको हस्ताक्षर रहेको छ। संस्थाले यसअघि प्रेमराजा महत, मनोज गजुरेल, जीवन शर्मा, बद्री पंगेनी र प्रमोद खरेललाई सांस्कृतिक दुतको रुपमा नियुक्त गरिसकेको छ।
गायक राई र लोक गायिका सुनिता दुलाल हाल क्यानाडाका विभिन्न सहरमा हुने सांस्कृतिक कार्यक्रममा सहभागिता जनाईरहेका छन्।

SUBSCRIBE 👉