किम कार्दासियनले गरिन् गायक कान्येसँग विवाह


kim
अमेरिकन सोसियलाइट किम कार्दासियनले ¥यापर तथा गायक कान्ये वेष्टसँग इटालीमा विवाह गरेकी छन्। वेष्टका प्रतिनिधिले इटालीको फ्लोरेन्समा गायक र मोडलको विवाह भएको पुष्टि गरेका छन्। ‘किम र कान्येले निजी तवरले इटालीको फ्लोरेन्समा विवाह गरेका छन्।’ वेष्टका प्रतिनिधिले भने।

उनीहरुले फ्लोरेन्सको १६ औं शताब्दीको फोर्टे दी बेल्भेदेरेमा परिवार तथा निजी साथीभाईका बीच लगनगाँठो कसेका हुन्। कार्यक्रममा क्रिसी टेइगेन, जोन लेगेण्ड, लाला एन्थोनी, लोरेन स्वार्जलगायतका सेलिब्रेटीको उपस्थिति रहेको थियो।

समाचार अनुसार वेष्टले कार्दासियनको जन्मदिनको अवसर पारेर गत अक्टोबरमा विवाहको प्रस्ताव राखेका थिए। गत जनवरीमा विवाह गर्न असक्षम भएपछि ३६ वर्षे केट र ३३ वर्षे कार्दासियनले यो महिनालाई विवाहको लागि उपयुक्त समय मानेका थिए।

एघार महिने छोरा नर्थ वेष्टका अभिभावक किम र कान्ये अर्को हप्ता हुने एक साथीको विवाहमा सहभागी भएपछि मात्र हनिमुन मनाउन जानेछन्। वेष्टको यो पहिलो विवाह हो भने किमको चाहिँ तेस्रो हो। किमले सन् २००० मा संगीतकार डेमोन थोमस र सन् २०११ मा क्रिस हम्फ्रिससँग विवाह गरेकी थिईन्। हम्फ्रिससँग विवाह भएको ७२ दिनमै उनीहरुको सम्बन्धविच्छेद भएको थियो।

SUBSCRIBE 👉