माधव र सन्तोषको आत्मीयता


Madhab Nirdosh and Santosh Shrestha

Madhab Nirdosh and Santosh Shrestha

ग्ल्यामर नेपाल, काठमाडौं । गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठको संयुक्त प्रस्तुतीका रुपमा एल्वम ‘आत्मीयता’ श्रोतामाझ आएको छ। राजधानीमा शनिवार भएको एक कार्यक्रमका वीच पुर्व अर्थमन्त्री एवं गीतकार एस पी कोइरालाले एल्बम सार्वजनिक गरेका हुन्।

एल्बममा ‘आजभोलि तिमी धेरै’,‘दुनियाँको कुरा सुनी’, ‘गल्ती भए माफ गर’, ‘जाऊ छोडेर जाऊ’, ‘तिम्रो सधैं जीत हुँदा’ र ‘तिमीबाट टाढा हुँदा’ बोलका गीत छन् । गीतमा नरेन्द्र प्यासी, रामकृष्ण ढकाल, प्रमोद खरेल, जगदीश समाल, अञ्जना गुरुङ र विन्दु परियारको स्वर रहेको छ । एल्बमलाई क्यापिटल इभेन्टले उत्पादन गरेको हो।

चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा इभेन्टको दोस्रो वार्षिकोत्सव पनि मनाइएको थियो। जसमा गायिका कुन्ती मोक्तान, कोमल वली, विन्दु परियार लगायतका कलाकारहरुले गायन, नृत्य एवं क्यारिकेचर प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन गरेका थिए। कार्यक्रममा गीत, संगीत, साहित्य, आर्थिक, पत्रकारीता, कृषिक्षेत्रमा विशेष योगदान पुर्याएका करिब दर्जन व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।

SUBSCRIBE 👉