पुर्ख्यौली घरमा मधुलाई स्वागत


rajesh-hamal-and-madhu-bhattarai-in-nwalparashiग्ल्यामर नेपाल, काठमाडौं। आफ्ना आमाबुवा नभएपछि लैनचौरको कपुरधारामा रहेको घरमा श्रीमति मधु भट्टराईलाई भित्र्याउन नपाएका नेपाली फिल्मका महानायक राजेश हमालले आइतबार दिउँसोको समयमा नवलपरासीस्थित पुख्र्यौली घरमा मधुलाई औपचारिक रुपमा भित्र्याएका छन्। हिजो शनिवार राजधानीको पाँचतारे होटल अन्नपूर्णमा पारिवारिक सदस्यका बीच धार्मिक पुजाआजा गरी मधुलाई श्रीमति बनाएका हमालले सोही दिन उनलाई धुलिखेलको एक रिसोर्टमा सुहागरात मनाउन लगेका थिए।

राजेश हमाल र मधु भट्टराई बिवाह >>>
फोटो ग्यालरी – यहाँ क्लिक गर्नुहोस्भीडियो हेर्न यहाँ क्लिक गनुहोस्

उनीहरुले सुहागरात मनाउन पुगेको होटलको कथासहित आफ्नै तस्वीर फेसबुकमा सार्वजनिक गरेपछि निकै चर्चित बनेको थियो । हमाल आइतबार बिहान चितवन हुँदै नवलपरासीको रजहरस्थित घरमा मधुलाई लिएर गएका थिए। हमालले घरमा सामान्य पुजाआजाको विधि पुरा गरेपछि मधुलाई भित्र्याएका थिए। उनले स्थानीय पत्रकारहरुसित कुरा गर्दै आफ्नो जीवनको नयाँ अध्याय शुरु भएको बताएका छन्।

सुहाग रातका लागी सजाईएको कोठाको फोटो ग्यालरी हेर्नुहोस्

पहेलो कुर्ता सुरुवालमा सजेकी मधु र क्याजुअल पहिरनमा सजिएका हमालले पत्रकारहरुसँग लामो समयपछि विवाह गरेको र लामै समयपछि फिल्म निर्देशन गर्न लागेको जनाए। स्रोतका अनुसार उनीहरुले स्थानीय एक मन्दिरमा पुजाआजा गर्ने कार्यक्रम पनि रहेको छ। उनीहरु आइतबारै काठमाडौं फर्कनेछन्। जेठ १४ गते बिहे भोज आयोजना गरेर हमाल १५ गते अष्ट्रेलियातर्फ लाग्दैछन्। त्यहाँ हुने एक कार्यक्रमका लागि हमाल, गायक राजेशपायल राई र गायिका अञ्जु पन्त जाँदैछन्।

SUBSCRIBE 👉