‘ऐश्वर्य’कि नायिका दीपिका प्रसाईंको सुन्दरता [तस्विरहरु हेर्नुहोस्]


अभिनय गरेको एउटा मात्र चलचित्र प्रदर्शन भएर स्थापित हुने थोरै अभिनेत्रीहरूमा दीपिका प्रसाईंको नाम अग्रपंक्तिमा आउँछ। चलचित्र ‘ऐश्वर्य’को सफलतासँगै यी अभिनेत्री अभिनय क्षेत्रमा स्थापित भएकी छिन्। त्यसैले अहिले उनलाई आफ्नो चलचित्रमा अभिनय गराउन चाहने निर्माता–निर्देशकको सूची लामै छ, यद्यपि उनले दोस्रो चलचित्रका बारेमा हालसम्म निर्णय गर्न सकेकी छैनन्।

Actress Deepika Prasai

दीपिकाको घरमा यतिबेला झन्डै आधा दर्जन नयाँ चलचित्रका स्क्रिप्टहरू जम्मा भएका छन्। तीमध्ये कतिपय स्क्रिप्ट त उनले हेर्नसमेत भ्याएकी छैनन्। किन त ? जिज्ञासामा दीपिकाले दोस्रो चलचित्र छनौट गर्न नसक्ने गोप्य कारण खुलाइन्। मैले कसैलाई भनेकी थिइनँ, दीपिकाको भनाइ छ ‘म यतिबेला स्नातकोत्तर पहिलो वर्षको अन्तिम परीक्षाको तयारीमा छु, मास्टर्सको अध्ययन पूरा गरेपछि मात्र चलचित्रमा सक्रिय हुने योजनामा छु। उनी पब्लिक एडमिनिस्ट्रेशन विषयमा मास्टर्स गर्दैछिन्।

Actress Deepika Prasai

अध्ययनकै कारण केही राम्रा चलचित्रका लागि समय दिन नसकेकी दीपिकाले मोडलिङलाई भने निरन्तरता दिइ नै रहेकी छिन्। टिभिसी तथा पेपर एडमा काम गरिरहेकी दीपिका चलचित्रमा लामो समय दिनुपर्ने भएकाले पनि अहिले त्यता सक्रिय नभएकी हुन्। चलचित्र ऐश्वर्यमा आफ्नो भूमिका तथा अभिनयलाई मन पराइदिने सम्पूर्ण दर्शकलाई धन्यवाद दिँदै दीपिकाले भविष्यमा अझ उत्कृष्ट अभिनय गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरिरहने वाचासमेत गरेकी छिन्। – कान्तिपुर साप्ताहिक

Actress Deepika Prasai

Actress Deepika Prasai

Actress Deepika Prasai

Actress Deepika Prasai

Actress Deepika Prasai

Actress Deepika Prasai

SUBSCRIBE 👉