नाजिर र सिल्पाको ‘कागजपत्र’बाट बाहिरियो तस्विरहरु


नाजिर हुसेन तथा नव नायिका सिल्पा मास्के अभिनित फिल्म ‘कागजपत्र’ को केहि तस्विरहरु बहिरिएका छन्। फिल्मको दाङको तुलसीपुरमा छायांकन भइरहेको छ। फिल्म युनिटले छायांकन स्थलबाटै कलाकारको तस्विरहरु सार्बजनिक गरेको हो। फिल्ममा नाजिर र सिल्पा संगै भोलाराज सापकोटा, सरिता गिरी, खिलेन्द्र तिमल्सिना लगायतको अभिनय छ। सामजिक प्रेमकथामा बनिरहेको फिल्मलाई अपिल विष्टले निर्देशन गर्दैछन्। फिल्मको कथा पनि विष्ट आफैले लेखेका हुन् । फिल्म ‘कागजपत्र’लाई अष्ट्रेलियन सिनेमाट्रोग्राफर क्यास्मियर डिक्सनले खिच्दैछन्।

वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिब्युसन प्रा.लिको प्रस्तुति रहने ‘कागजपत्र’ लाई खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी, प्रजापति सिवाकोटी, सुदिप उप्रेती र मनिष खत्रीले संयुक्त रुपमा निर्माण गरेका हुन् भने विशारद बस्नेत फिल्मका कार्यकारी निर्माता हुन्।

SUBSCRIBE 👉