कामना फिल्म अवार्ड्स (तेस्रो संस्करण) पुष २२ गते, को को परे सर्वोत्कृष्ट र पपुलर नोमिनेशनमा?


सिने मासिक कामनाले प्रकाशनको तीन दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म अवार्ड्सको तेस्रो संस्करण आगामी पुष २२ गते शनिबार राजधानीमा हुने भएको छ। कुल ३२ विधामा हुने अवार्ड स मारोह राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भव्यताका साथ हुनेछ। कामनाको आयोजना तथा सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने लक्स कामना अवार्डस् २०७४ मा गत वर्षबाट बहुराष्ट्रिय कम्पनी युनिलिभिर नेपालको उत्कृष्ट सौन्दर्य साबुन लक्सको समेत सहकार्य थपिएको छ।

तेस्रो संस्करणको लक्स कामना फिल्म अवार्डस् २०७४ समग्र फिल्म क्षेत्र र फिल्मकर्मीमा समर्पित हुने अवार्ड आयोजक समितिका निर्देशक तथा कामना न्यूज पब्लिकेसन्स्का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले बताउनुभयो। ‘कामनाको जन्म नै कलाकार, कलाकर्मी र फिल्म क्षेत्रको विकास र विस्तारका लागि भएको हो। नेपाली कलाकार र फिल्म क्षेत्रले पनि मान सम्मान र प्रतिष्ठा हासिल गर्नुपर्छ भन्ने उद्येश्यमा हामी सफल हुँदै आएका छौँ। यही उद्येश्यबाट प्रेरित भएर अवार्डको शुरुवात गरेका हौँ’ उहाँले भन्नुभयो। अवार्ड आयोजक समितिका अर्का निर्देशक तथा सिजी इन्टरटेनमेन्टका अध्यक्ष वसन्त चौधरीले कामना फिल्म अवार्डस् एक दिन नेपाली फिल्म क्षेत्रको मानक अवार्ड हुने विश्वास व्यक्त गर्नुभयो। ‘उत्कृष्टता, पारदर्शिता र निष्पक्षताका कारण कामना फिल्म अवार्डस् नेपाली फिल्म क्षेत्रको मानक अवार्ड हुने विश्वास मैले लिएको छु’ उहाँले भन्नुभयो।

त्यसै गरी अवार्ड आयोजक समितिका संयोजक तथा कामना न्यूज पब्लिकेसन्स्का प्रवन्ध सम्पादक एवं प्रमूख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले दुई संस्करणका अवार्डको अनुभवबाट तेस्रो संस्करणको अवार्डलाई अझ भव्य र सभ्य बनाइने बताउनुभयो। ‘पहिलो र दोस्रो अवार्ड समारोहको अनुभवले तेस्रो संस्करणको अवार्डलाई थप भव्य र शानदार बनाउन सघाएको छ। त्यसको प्रत्यक्ष महसुस अवार्ड समारोहमा हुनेछ’ उहाँले भन्नुभयो। अवार्ड आयोजक समितिका सदस्य तथा कामनाका सम्पादक विदुर गिरीले यस वर्षको अवार्ड समारोह ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिका साथ भव्यरुपमा सम्पन्न हुने बताउनुभयो।

लक्स कामना फिल्म अवार्डस् २०७४ मा चलचित्र छक्का पञ्जा सर्वाधिक धेरै १७ विधाको मनोनयनमा परेको छ। दीपाश्री निरौलाको डेब्यु निर्देशनमा बनेको छक्का पञ्जा उत्कृष्ट चलचित्र, नव निर्देशक, कथा, पटकथा, संवाद, अभिनेत्री, सहअभिनेता, सहअभिनेत्री, खलपात्र, हास्य कलाकार, पाश्र्व गायक, नृत्य निर्देशक, पाश्र्व संगीत, छायांकन, सम्पादन र ध्वनि मिश्रण विधाको मनोनयनमा परेको छ। यो चलचित्रबाट पाश्र्व गायकमा दुई गायक राजनराज शिवाकोटाी र कृष्ण काप्ले मनोयनमा परेका छन्।

त्यसै गरी छक्का पञ्जालाई पछ्याउँदै प्रदीप भट्टराईको डेब्यु निर्देशनमा बनेको जात्रा र गाजलु १४/१४ विधाको मनोयनमा परेको छ। जात्रा उत्कृष्ट चलचित्रका साथमा नव निर्देशक, अभिनेता, अभिनेत्री, सहअभिनेता, खलपात्र, हास्य कलाकार, बाल कलाकार, पटकथा, संवाद, सम्पादन, श्रृंगार, ध्वनि मिश्रण र पाश्र्व संगीत विधाको मनोनयनमा परेको छ। हेमराज बिसीद्धारा निर्देशित चलचित्र गाजलु उत्कृष्ट चलचित्रसँगै निर्देशक, अभिनेता, सहअभिनेता, सहअभिनेत्री, हास्य कलाकार, नव अभिनेत्री, कथा, पटकथा, संवाद, छायांकन, सम्पादन, श्रृंगार र ध्वनि मिश्रण विधाको मनोनयमा परेको छ। निश्चल बस्नेतद्धारा निर्देशित चलचित्र लुट २ एघार विधाको मनोयनमा परेको छ। यो चलचित्र उत्कृष्ट निर्देशक, हास्य कलाकार, बाल कलाकार, संगीतकार, गायिका, नृत्य निर्देशक, पाश्र्व संगीत, द्धन्द्ध निर्देशक, छायांकार, सम्पादक र श्रृंगार विधाको मनोनयमा परेको छ। आकाश अधिकारीद्धारा निर्देशित के म तिम्रो होइन १० विधाको मनोनयमा परेको छ। यो फिल्म उत्कृष्ट चलचित्रसहित निर्देशक, सहअभिनेता, नव अभिनेता, नव अभिनेत्री, पाश्र्व गायक, पाश्र्व संगीत, द्धन्द्ध निर्देशक, श्रृंगार र ध्वनि मिश्रण विधाको मनोनयनमा परेको छ।

त्यसै गरी बाटोमूनिको फुल २ र डाइङ क्याण्डल (निभ्न लागेको दियो) ९/९ विधाको मनोयनमा परेका छन्। सुवर्ण थापाद्धारा निर्देशित बाटोमूनिको फुल उत्कृष्ट निर्देशक, सह अभिनेता, सहअभिनेत्री, कथा, पटकथा, संवाद, गीतकार, गायिका, पाश्र्व संगीत विधाको मनोनयनमा परेको छ। नव निर्देशक नरेशकुमार केसीद्धारा निर्देशित डाइङ क्याण्डल उत्कृष्ट चलचित्र, अभिनेत्री, नव निर्देशक, बाल कलाकार, कथा, पटकथा, छायांकन, सम्पादन र श्रृंगार विधाको मनोनयमा परेको छ। नव निर्देशक सन्तोष शिवाकोटीद्धारा निर्देशित चलचित्र शब्द नव निर्देशक, अभिनेता, नव अभिनेत्री, बाल कलाकार, संवाद, गीतकार, गायक र छायांकार गरी ८ विधा तथा मिलन चाम्सद्धारा निर्देशित विर विक्रम उत्कृष्ट अभिनेता, नव अभिनेत्री, खलपात्र, संगीतकार र पाश्र्व गायक गरी ५ विधाको मनोनयमा परेको छ। ऋषि लामिछानेद्धारा निर्देशित चलचित्र किस्मत २ पनि गीतकार, गायिका, द्धन्द्ध निर्देशक, नव अभिनेता र नृत्य निर्देशक गरी ५ विधाको मनोनयनमा परेको छ।

चलचित्र निर्भय र चपली हाइट २ चार चार विधाको मनोनयनमा परेका छन्। निर्भय उत्कृष्ट अभिनेता, अभिनेत्री, बाल कलाकार र संगीतकार तथा चपली हाइट २ निर्देशक, नव अभिनेता, छायांकन र ध्वनि मिश्रण विधाको मनोयनमा परेको छ। चलचित्र पलास उत्कृष्ट खलपात्र, गीतकार र गायक तथा चलचित्र राधा संगीतकार, गायिका र नृत्य निर्देशक गरी ३/३ विधाको मनोनयमा परेका छन् भने चलचित्र होमवर्क सहअभिनेत्री र कथा, चलचित्र जय परशुराम नव निर्देशक र द्धन्द्ध निर्देशक, चलचित्र किङ नृत्य निर्देशक र द्धन्द्ध निर्देशक, चलचित्र सफर गीतकार र नव अभिनेता गरी २/२ विधाको मनोनयमा परेका छन्। चलचित्र बाजिगर खलपात्र, चलचित्र गाँठो नवअभिनेत्री, चलचित्र लभ सासा अभिनेत्री र चलचित्र हाउ फन्नी गायिका विधाको मनोनयमा परेका छन्।

दीपकराज गिरी यस वर्ष छक्का पञ्जाबाट खलपात्र विधाको मनोयनमा परेका छन् भने सोही फिल्मबाट उनी कथा पटकथामा पनि मनोनयमा परेका छन्। संवादमा उनीसहित केदार घिमिरे र जितु नेपाल मनोनयनमा परेका छन् भने यो एउटै फिल्मबाट केदार घिमिरे र बुद्धी तामाङ हास्य कलाकारको मनोनयमा छन्। ताराप्रकाश लिम्बु चलचित्र विर विक्रमबाट संगीतकार र गायकको मनोनयनमा परेका छन् भने पुरुषोत्तम प्रधान छक्का पञ्जा र लुट २ बाट छायांकार, कविराज गहतराज छक्का पञ्जा, किस्मत र राधा गरी ३ चलचित्रबाट नृत्य निर्देशक, एसकुमार एउटै फिल्म बाटोमूनिको फुलबाट कथा, पटकथा, संवाद गरी ३ विधा, हेमराज विसी गाजलुबाट कथा , पटकथा र निर्देशन गरी ३ विधा, प्रदीप भट्टराई पटकथा, संवाद र नव निर्देशक गरी ३ विधा, संवाद र नव निर्देशक गरी ३ विधा, अर्जुन पोखरेल गीतकार र संगीतकार गरी २ विधा, नरेशकुमार केसी कथा, सुरेन्द्र पौडेल गाजलु र लुट २ बाट सम्पादक, सरोज बुढाथोकी डाइङ क्याण्डल र गाजलुबाट श्रृंगार तथा उत्तम न्यौपाने गाजलु र चपली हाइट २ बाट ध्वनि मिश्रण विधाको मनोनयमा परेका छन्।

उत्कृष्ट ५ को मनोनयन गर्ने ब्यबस्था भए पनि पाश्र्व गायक र छायांकन विधामा निर्णायक मण्डलीबाट बराबर अंक पाएका कारण उत्कृट ६ जनाको सूचि आएको छ।

‘सम्मान चलचित्रको, उत्सव उत्कृष्टता’को भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रुपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा कला र प्रविधि क्षेत्रबाट एक एकजनलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ। त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ। संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ।

लक्सको सहभागीतासँगै गत वर्षबाट थप एक नयाँ विधा लक्स पपुलर च्वाईस अवार्ड पनि थपिएको छ। लक्स पपुलर च्वाईस अवार्ड थपिएसँगै दोस्रो संस्करणको यो अवार्ड समारोहमा यस वर्ष पनि ३२ विधामा अवार्ड प्रदान गरिनेछ। केवल एसएमएस भोटिङका आधारमा लक्स व्युटी स्टार छनौट हुने अवार्डको यो विधामा वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टी श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ। वर्षा, केकी र प्रियंका उत्कृष्ट अभिनेत्री तथा सृष्टी नवअभिनेत्रीको मनोनयनमा समेत छन्। वर्षा चलचित्र छक्का पञ्जाबाट सअअभिनेत्री विधाको मनोनयमा पनि छिन्।

यो विधामा सर्वाधिक एसएमएस प्राप्त गर्ने सुन्दरीले नै अवार्ड हासिल गर्नेछिन्। अन्य ९ लोकप्रिय विधामा पनि एसएमएस भोटिङको व्यबस्था गरिएको छ। ती १८ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन गरिनेछ। दर्शकहरुले लोकप्रिय १० विधामा एसएमएस भोटिङ गर्न सक्ने ब्यबस्था मिलाइएको छ। अवार्ड समारोहका लागि व्यापकरुपमा तयारी चलिरहेको आयोजनक कामना सिने मासिकको प्रकाशन गृह कामना न्यूज पब्लिकेसन्स्ले जनाएको छ।

कामना फिल्म अवार्डस् २०७४ को मनोनय सूचि

सर्वोत्कृष्ट चलचित्र : छक्का पञ्जा, डाईङ क्यान्डल, गाजलु, जात्रा, के म तिम्रो होइन र

सर्वोत्कृष्ट निर्देशक : सुवर्ण थापा – बाटो मुनिको फूल २, दिपेन्द्र के खनाल – चपलि हाइट २, हेमराज बिसी – गाजलु, आकाश अधिकारी – के म तिम्रो होइन र, निश्चल बस्नेत – लुट २

सर्वोत्कृष्ट नवनिर्देशक: दीपाश्री निरौला – छक्का पञ्जा, नरेश कुमार केसी – डाइङ क्यान्डल, प्रदीप भट्टराई – जात्रा, रोज राणा – जय परशुराम, सन्तोष सिवाकोटी – शब्द

सर्वोत्कृष्ट अभिनेता: दयाहाङ राई – विर विक्रम, अनमोल केसी – गाजलु, विपीन कार्की – जात्रा, निखिल उप्रेती – निर्भय, सौगात मल्ल – शब्द

सर्वोत्कृष्ट अभिनेत्री: प्रियंका कार्की – छक्का पञ्जा, सृजना सुब्बा – डाइङ क्यान्डल, वर्षा राउत – जात्रा, केकी अधिकारी – लभ सासा, नीता ढुंगाना – निर्भय

सर्वोत्कृष्ट नवअभिनेता: सुगम गुरागाईं – ब्रासलेट, आयुषमान देशराज श्रेष्ठ – चपलि हाइट २, आर्यन अधिकारी – के म तिम्रो होइन र, पृथ्वीराज प्रसार्इं – किस्मत २, सञ्जय गुप्ता – सफर

सर्वोत्कृष्ट नवअभिनेत्री: दीया पुन – विर विक्रम, सृष्टि श्रेष्ठ – गाजलु, नम्रता श्रेष्ठ – गाँठो, मरिष्का पोखरेल – के म तिम्रो होइन र, कमली वाइबा लामा – शब्द

सर्वोत्कृष्ट सहअभिनेता: टिका पहाडी – बाटो मुनिको फूल २, जितु नेपाल – छक्का पञ्जा, शिवहरी पौडेल – छक्का पञ्जा, गौरव पहाडी – गाजलु, रविन्द्र बानियाँ – जात्रा

सर्वोत्कृष्ट सहअभिनेत्री: सुभद्रा अधिकारी – बाटो मुनिको फुल २, वर्षा राउत – छक्का पञ्जा, मेनुका प्रधान – गाजलु, गौरी मल्ल – होमवर्क, सविना गोपाली – के म तिम्रो होइन र

सर्वोत्कृष्ट खलपात्र: ध्रुव कोईराला – बाजिगर, अर्पण थापा – विर विक्रम, दीपकराज गिरी – छक्का पञ्जा, कमलमणि नेपाल – जात्रा, कामेश्वर चौरासिया – पलास

सर्वोत्कृष्ट हास्य कलाकार: केदार घिमिरे – छक्का पञ्जा, रविन्द्र झा – जात्रा, दयाहाङ राई – लुट २, सलोन बस्नेत – गाजलु, बुद्धि तामाङ – छक्का पञ्जा

सर्वोत्कृष्ट बालकलाकार: लाक्पा सिंघे तामाङ – डाइङ क्यान्डल, अरविन्द खड्का – जात्रा, अंग्रकित खड्का – लुट २, प्रसिद्धि भट्टराई – निर्भय, अनुभव रेग्मी – शब्द

कथा: यश कुमार – बाटो मुनिको फूल २, दीपकराज गिरी – छक्का पञ्जा, नरेशकुमार केसी – डाइङ क्यान्डल, हेमराज विसी – गाजलु, शिवम अधिकारी – होमवर्क

पटकथा: यश कुमार – बाटो मुनिको फुल २, दीपकराज गिरी – छक्का पञ्जा, नरेशकुमार केसी – डाइङ क्यान्डल, हेमराज विसी – गाजलु, प्रदीप भट्टराई – जात्रा

संवाद: यश कुमार – बाटो मुनिको फुल २, दीपकराज गिरी/केदार घिमिरे/जितु नेपाल – छक्का पञ्जा, हेमराज बिसी – गाजलु, प्रदीप भट्टराई – जात्रा, यम थापा – शब्द

सर्वोत्कृष्ट गीतकार: सुरेश प्राञ्जली – बाटो मुनिको फुल २-नरुने आँखा, अर्जुन पोखरेल – किस्मत २-यी आँखा लैजाउ, दयाराम पाण्डे – पलास -तिमी साथमा, डा. कृष्णहरी बराल – शब्द-हरपल, उत्तम भौकाजी – सफर-प्रियतमा

सर्वोत्कृष्ट संगीतकार: तारा प्रकाश लिम्बु – विर विक्रम-हारें हारें, राजनराज शिवाकोटी – छक्का पञ्जा-पूर्व पश्चिम रेल, कालिप्रसाद बासकोटा – लुट २-ठमेल बजार, अर्जुन पोखरेल – निर्भय-यो दुनिया, बसन्त सापकोटा – राधा-छपक्कै

सर्वोत्कृष्ट पाश्र्व गायक: ताराप्रकाश लिम्बु – विर विक्रम-हारे हारे, राजनराज शिवाकोटी – छक्का पञ्जा-पूर्व पश्चिम रेल, कृष्ण काफ्ले – छक्का पञ्जा-सुन न चम्पा
प्रताप दास – के म तिम्रो होइन र-पागल, युवराज चौलागाईं – पलास-तिमी साथमा, स्वरुपराज आचार्य – शब्द-हरपल

सर्वोत्कृष्ट पाश्र्व गायिका: जलजला परियार – बाटो मुनीको फुल २-केही कदम, मिलन अमात्य – हाउ फन्नी-यो के हो, अञ्जु पन्त – किस्मत २-यी आँखा लैजाउ, मिना निरौला – लुट २-ठमेल बजार, मेलिना राई – राधा-छपक्कै

सर्वोत्कृष्ट नृत्य निर्देशन: कविराज गहतराज – छक्का पञ्जा-पुर्व पश्चिम रेल, रामजी लामिछाने – किङ-अधुरो, कविराज गहतराज – किस्मत २-तिम्रो पिक्चर हिट, विक्रम स्वार – लुट २-ठमेल बजार, कविराज गहतराज – राधा-छपक्कै

पाश्र्व संगीत: डिजे एलएक्स – बाटो मुनिको फुल २, सुजिल कर्मचार्य – छक्का पञ्जा, रोहित शाक्य – लुट २, रोहित शाक्य/शैलेश श्रेष्ठ – जात्रा, एलिश कार्की – के म तिम्रो होइन र

सर्वोत्कृष्ट द्वन्द्व निर्देशन: एनबी महर्जन – जय परशुराम, हिमाल केसी – के म तिम्रो होइन र, रोशन श्रेष्ठ – किङ, चन्द्र पन्त – किस्मत २, राजकुमार उप्रेती – लुट २

छायांकन: पुरुषोत्तम प्रधान – छक्का पञ्जा, निरज कँडेल – चपलि हाइट २, रविन आचार्य – डाइङ क्यान्डल, शैलेन्द्र डि कार्की – गाजलु, पुरुषोत्तम प्रधान – लुट २, शिव ढकाल – शब्द

सम्पादन: विपीन मल्ल – छक्का पञ्जा, भुपेन्द्र अधिकारी – डाइङ क्यान्डल, सुरेन्द्र पौडेल – गाजलु, मित्र डि गुरुङ – जात्रा, सुरेन्द्र पौडेल – लुट २

ध्वनी मिश्रण: उत्तम न्यौपाने – गाजलु, सुनयमान श्रेष्ठ – छक्का पञ्जा, उत्तम न्यौपाने – चपलि हाईट २, मनोज राजभण्डारी – जात्रा, मुकेश शाह – के म तिम्रो होइन र

श्रृंगार: सरोज बुढाथोकी – डाइङ क्यान्डल, सरोज बुढाथोकी – गाजलु, शिवराम केसी – जात्रा, ईश्वर श्रेष्ठ – के म तिम्रो होइन र, अमृत मरहठ्ठा – लुट २

लक्स पपुलर च्वाइस अवार्ड: वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, सृष्टि श्रेष्ठ

SUBSCRIBE 👉