वर्षा खोज्दै रञ्जन (भिडियो)


barsha-siwakoti-ranjan-rijal-romance
ग्ल्यामर नेपाल, काठमाडौं । आफुले प्रेम गरेकी प्रेमिका एक्कासी गायब भएपछि प्रेमीलाई कस्तो पीडा होला। त्यही मायालुलाई मस्तिष्कमा सजाएर हिडिरहने प्रेमीले बाटोमा देखिने युवतीलाई पनि आफ्नै मायालु सम्झदा उसको मन झन कस्तो होला। युवा सञ्चारकर्मी तथा म्युजिक भिडियो निर्देशक विधान कार्कीले निर्देशन गरेको नयाँ म्युजिक भिडियो ‘छौ कहाँ तिमी’मा पनि मोडल रञ्जन घिमिरेलाई यस्तै क्रेजी प्रेमीको रुपमा देख्न पाइनेछ।

anal-gautam-barsha-siwakoti-ranjan-rijalभिडियोलाई शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी कृष्ण भट्टराईले सार्वजनिक गरे। कार्यक्रममा भट्टराईले आफुलाई नयाँ निर्देशक भनेपनि विधानको काम निकै खारिएको रहेको बताए। अनल गौतमको शब्द र राज सागरको स्वर तथा संगीत रहेको भिडियोमा गीतकार अनलले पनि अभिनय गरेका छन्। भिडियोमा रञ्जनको प्रेमिकाका रुपमा नायिका वर्षा शिवाकोटीलाई देख्न सकिन्छ।

ललितपुरको कुपण्डोलस्थित समिट होटलमा छायांकन गरिएको भिडियोका छाँयाकार ज्ञानेन्द्र शर्मा हुन् भने सम्पादन निशान घिमिरेले गरेका छन्। गीतकार अनलले आफु साहित्य क्षेत्रमा रुची राख्ने मान्छे भए पनि गीतसंगीतलाई माया गर्ने बताए। निर्देशक विधानले आफ्नो प्रयासलाई आम दर्शकले मनपराइदिनेमा आशा व्यक्त गरे।

SUBSCRIBE 👉