आर्यन र प्रियंकाको ‘बटरफ्लाई’ टाईटल गीत रिलिज [भिडियो]


आर्यन अधिकारी र प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘बटरफ्लाई’ पौष २८ गते बाट दर्शकमाझ आउने तयारीमा छ। यसै क्रममा फिल्मको स्याड भर्सनमा रहेको टाईटल गीतको भिडियो रिलिज गरिएको छ। यसअघि रिलिज गरिएको ‘म गाउँदिन अब गीत गजल’ बोलको गीतको भिडियो युट्युवमा १० लाख भन्दा बढि पटक हेरिएको छ। फिल्म रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले फिल्मको ‘टाईटल गीत’ रिलिज गरेको हो। आर्यन र प्रियंकासँगै अर्पण थापा, रविन्द्र खड्का, पुरज थापा, सुष्मा कार्की, सुरविर पण्डित, मोहन निरौंला, राम बुढाथोकी र माधव पण्डित लिड अभिनयमा रहेको ‘बटरफ्लाइ’लाई ओमप्रतिक गुरुङले निर्देशन गरेका हुन्। फिल्ममा विकास चौधरी, अर्जुन पोखरेल र दिपक शर्माको संगीत छ।

Actress Priyanka Karki

यो गीतमा स्वर युवराज चौलागाईंको छ भने संगीत विकास चौधरीले भरेका छन्। सुरज लामिछानेको शब्द समावेश गीतको सार्वजनिक भिडियोमा निर्देशन कविराज गहतराजको छ। सुरेश बज्राचार्यले खिचेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने सरोज शाह र मन्दिल श्रेष्ठ सह निर्माता रहेको फिल्ममा मुख्य निर्मातामा पुष्पाञ्जली अधिकारी ‘सखा’, रामशरण राना र भुपेन्द्र सुवेदी छन्। अर्जुन जिसी र मन्दिल श्रेष्ठले फिल्म सम्पादनको काम गरेका छन्।

SUBSCRIBE 👉