ट्वीटरमा ‘यो यो हनी सिंह’को निधनको समाचारले तहल्का


yo-yo-honey-singh-death-news
बलिउडका चर्चित र्‍यापर हनी सिंहको सडक दुर्घटनामा निधन भएको खबर सामाजिक सञ्जालमा व्यापक रुपमा फैलिएको छ। उनको दुर्घटना र निधनको खबर ट्वीटरमा आगो सरी फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

ट्वीटरमा एक युवा गम्भीर रुपमा घाइते भएको तस्वीर पनि राखिएको छ, जसलाई हनी सिंह भनेर प्रस्तुत गरिएको छ। उनको निधन भएको हो या होइन, आधिकारिक रुपमा केही जानकारी नआए पनि उनीबारेको समाचारले सबैलाई चकित बनाएको छ। उनका फ्यानहरु हनीको बारेमा थप जानकारी लिन जुटिइरहेका छन्।

हनी सिंह केही समयदेखि दुबईमा छन्। उनी ग्लोबल फाइटिङ च्याम्पियनशिप नामको एक बक्सिङ लिग सार्वजनिक गर्न उनी दुबई गएको बताइएको छ। ६० घण्टा अघि उनले ट्वीटरमा बक्सिङको तस्वीर पनि पोष्ट गरेका थिए। हनी ‘लुंगी डान्स’ र ‘आज दिन है सनी सनी’ जस्ता चर्चित गीतबाट चर्चामा आएका गायक हुन्।

SUBSCRIBE 👉