जनवरी २८, जापानमा पिंजडा ब्याक अगेन


माघ ४ (जनवरी १८) बाट अल नेपाल रिलिज हुने फिल्म ‘पिंजडा ब्याक अगेन’ को जापान पनि रिलिज हुने भएको छ। नेपाल रिलिज पछिको १० दिनपछि जनवरी २८ तारिखमा जापानमा यो फिल्मको विशेष शो हुने भएको हो। फिल्मको बिशेष सोमा निर्देशक हिमाल केसी सँगै एक्सन स्टार निखिल उप्रेतीले उपस्थित जनाउने छन्। नेपाली फिल्मका जापानी दर्शकले निखिल सँगै बसेर फिल्म हेर्ने अबसर पाउनेछन्। मंगलबार मात्रै काठमाडौं स्थित जापानी राजदुतावासले निखिल र हिमालसँगै अभिनेत्री सञ्चिता लुईंटेललाई जापानको लागी प्रवेशाज्ञा दिएको छ।

‘पिंजडा ब्याक अगेन’ को आइटम गीत – ‘बल्यो धप धप यो जवानी’

जनवरी २८ मा टोकियोमा हुने प्रदर्शनीपछि अन्य शहरमा पनि भिन्न भिन्न मितिमा फिल्मको स्कृनिङ हुने निर्देशक केसीले बताए। फेमिली ड्रामा बोल्ने एक्सन प्याक फिल्मको जापान प्रदर्शनको अधिकार क्लासिक युथ जापानले लिएको हो। श्रीराम बरालको प्रस्तुती तथा रोहित पुरी र गोविन्द गैरेको निर्माणमा बनेको फिल्ममा निखिलसँगै सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुस्मिता केसी, पुकार भट्टराई, प्रदिप दाहाल, कुशाग्र भट्टराइसँगै केहि दिन पहिले मात्रै दिवंगत भएकी विना थापाको मुख्य भुमिका छ।

‘पिंजडा ब्याक अगेन’को गीत रिलिज । सारा सँग निखिलले यसरी मर्काए कम्मर…

रिलिजको छेकोमा फिल्ममा समावेश यसअघि सार्वजनिक दुई गीत ‘कुकुकु’ र ‘तिमी नी आधा’ बोलका गीत हिट नम्बर बनिसकेका छन्। सशक्त सांगितिक पक्ष र एक्सन प्याक ट्रेलरको कारण फिल्म दर्शकको लागी प्रतिक्षित बनिसकेको छ। ‘पिंजडा ब्याक अगेन’को कथा मौनता श्रेष्ठले लेखेका छन्। फिल्ममा राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत छ।

ट्रेलरमा एस्तो छ : निखिल स्टारर ‘पिंजडा, ब्याक अगेन’

SUBSCRIBE 👉