प्रियंकाको व्यस्तता, दर्शक नै झुक्किने डर!


Actress Priyanka Karki

धेरै फिल्म खेल्ने कि राम्रा फिल्म खेल्ने ? कलाकारको आ-आफ्नै दृष्टिकोण हुन्छन। तर, संख्यात्मक वृद्धि मात्र हुँदा कलाकारको साख धुमिलिनेमा शंकै छैन। निखिल उप्रेती, विराज भट्टदेखि सौगात मल्लसम्म यसका उदाहरण हुन्। तर, नायिका प्रियंका कार्कीलाई भने यो यथार्थको वास्ता नै छैन। त्यसो नहुँदो हो त, महिनै पिच्छै नयाँ नयाँ फिल्म खेल्दैन थिइन् होला। पत्यार नलाग्ला तर, सत्य हो कि उनी अभिनीत थुप्रै फिल्म प्रदर्शन हुन बाँकी छन्, अनागत, ह्याप्पी डेज, कथा काठमाडौँ, लिलीबिली, शत्रुगते र कोहलपुर एक्सप्रेस। हाम्रो जस्तो सानो फिल्म उद्योगमा एउटै कलाकारका यति धेरै फिल्म प्रदर्शनको पर्खाइमा हुनु सकारात्मक कुरा होइन। दर्शक नै झुक्किने डर हुन्छ! तर, प्रियंका आफैँले पाएजति फिल्म खेल्ने सूत्र शिरोपर गरेपछि, कसको के लाग्छ?

SUBSCRIBE 👉