कस्तो छ – आर्यन र प्रियंकाको ‘बटरफ्लाई’ ?


शुक्रबार देखि रिलिज भएको फिल्म ‘बटरफ्लाई’ले दर्शक तथा समिक्षमबाट मिश्रित प्रतिक्रिया पाएको छ। वियोगान्त प्रेम कथा बोल्ने फिल्ममा आर्यन अधिकारी र प्रियंका कार्की सँगै अर्का अभिनेता अर्पण थापाले अभिनय गरेका छन्। फिल्मका निर्देशक ओम प्रतिक गुरुङले शनिबार देशैभर फिल्मलाई दर्शकको राम्रो साथ मिलेको भन्दै केहि फिल्महलहरु हाउसफुल रहेको बताए। उनले भने -‘जति दर्शकले हेर्नुभएको छ राम्रो भन्नु भएको छ।

फिल्मले उठाएको विषयवस्तुलाई दर्शकले मन पराएको निर्देशक गुरुङले दाबी गरे। फिल्मले एकतर्फी प्रेम गर्ने एक युवकले युवतीलाई आफ्नो प्रेम बुझाउन गर्ने त्याग र संघर्षको कथा बोल्छ। डेब्यू फिल्म ‘के म तिम्रो होइन र’बाट एक्सन अबतार सहित उदाएका आर्यनले यो पटक लभर ब्वाई बन्दा जिवन्त अभिनय पस्केका छन्।

फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने पुष्पाञ्जली अधिकारी ‘सखा’ निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी तथा सरोज शाह सह–निर्माता छन् । फिल्ममा सुरेश वज्राचार्यको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व तथा विकास चौधरी र दीपक शर्माको संगीत छ।

SUBSCRIBE 👉