अभिनेत्री सारा शिर्पाली [तस्विरहरु]


२५ वर्षीया अभिनेत्री सारा शिर्पाली यतिबेला उत्साहित छिन्। मोडलिङबाट चलचित्रमा आएकी साराले छोटो समयमै दर्शकहरूको मन जितेकी छिन्। पहिलो चलचित्र रुद्रमार्फत रजतपटमा पदार्पण गर्ने सारा चलचित्र पिँजडा ब्याक अगेनमार्फत दोस्रो पटक दर्शकमाझ पुग्दैछिन्। यसपटक उनी अभिनेता निखिल उप्रेतीको जोडीका रूपमा प्रस्तुत भएकी छिन्। वास्तविक जीवनमा शान्त स्वभावकी साराले यो चलचित्रमा परिस्थितिवश कसैको प्रेमिका, श्रीमती तथा आमा बन्नु परेको भूमिकालाई स्वभाविक रूपमा निर्वाह गरेकी छिन्।

लामो समय बेलायत बसेर स्वदेश फर्किएकी सारा सिए क्लालिफाइड हुन्। चार्टड एकाउन्टेसीको अध्ययन पूरा गरे पनि उनी यतिबेला ग्ल्यामर क्षेत्रमा रमाइरहेकी छिन्। केही विज्ञापन तथा म्युजिक भिडियोमा समेत अभिनय गरिरहेकी सारा चलचित्र सुश्री सम्पत्तिमा समेत अनुबन्धित भैसकेकी छिन्। ५ फिट ५ इन्च अग्ली सारा फुर्सदमा कविता लेख्छिन् अनि संगीत सुन्छिन्। पुुरानो बानेश्वर, काठमाडौंकी स्थायी बासिन्दा साराले अभिनेत्रीकै रुपमा स्थापित हुने लक्ष्य लिएकी छिन्।





कान्तिपुर साप्ताहिक बाट साभार :
शब्द: कृष्ण भट्टराई, तस्बिर : महेश प्रधान, मेकअप : बिना पाण्डे, पहिरन : सुनिता श्रेष्ठ, लोकेसन : गोदावरी भिलेज रिसोर्ट, ललितपुर

SUBSCRIBE 👉

यो पोस्ट साथीहरुलाई पनि सेयर गर्नुहोस्
Ads Blocker Image Powered by Code Help Pro

ADS BLOCKER DETECTED !

We have detected that you are using extensions to block ads on our website. Please support us by disabling the ads blocker.