फागुन ३० मा नेफ्टा अवार्डको दशौं संस्करण


नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने नेफ्टा अवार्डको दशौं संस्करण आगामी फागुन ३० गते हुने भएको छ। अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन)ले यसपटकको अवार्ड पनि विदेशमा नै हुने बताएका छन् तर कुन देशमा आयोजना गर्ने बारे खुलाएका छैनन्। उत्कृष्ट पाँच घोषणासँगै अवार्ड आयोजना हुने मुलुकको नाम समेत सार्वजनिक गरिने लामाले बताए। आउँदो सातादेखि पाँच सदस्यीय जुरीले फिल्म मूल्यांकनको काम सुरु गर्ने छन्।

दुई सातापछि सांस्कृतिक प्रस्तुति दिने कलाकारले रिहर्सल थाल्नेछन्। अवार्डको एघारौं संस्करण आगामी दशैं अगाडि नै आयोजना हुने जनाइएको छ। ‘हामी दुबै अवार्डमा जुटिसकेका छौं’ उनले भने, ‘दशौं अवार्डको लोकेसन र विस्तृत पक्ष उत्कृष्ट पाँच घोषणा बेला सार्वजनिक गर्नेछौं।’

चलचित्र प्राविधिकको छाता संस्थाले यसअघि नेपालसहित मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड सम्पन्न गरिसकेको छ। नेफ्टाले विदेशमा अवार्ड आयोजना हुनुलाई अन्तराष्ट्रियकरणको यात्राको रुपमा बताएको छ।

SUBSCRIBE 👉