स्कर्ट लगाएर नाच्दै हमसकलका नायक


humsakal
प्रदर्शनको तयारीमा रहेको बलिउड फिल्म ‘हमशकल्स’मा नायकद्वय रितेश देशमुख र सैफअली खानलाई केटीको अवतारमा देख्न सकिन्छ। रमाइलो कुरा के छ भने यो फिल्ममा रितेशले श्रीमति जेनेलियाको स्कर्ट लगाएर नृत्य गरेका छन्।

रितेशलाई समुन्द्रबाट बाहिर निस्किँदा स्कर्ट र सर्ट लगाएको अवस्थामा देख्न सकिन्छ। ‘मैले गीतमा जब स्कर्ट लगाएर नाच्नु पर्ने भयो, तब मैले जेनेलियालाई यो कुरा भनेको थिएँ,’रितेशले भनेका छन्,‘त्यसपछि उनले आफ्नो दराजबाट स्कर्ट निकालेर मलाई दिईन् र मैले त्यो स्कर्ट लगाएर नाँचे।’

SUBSCRIBE 👉