फष्ट लुक: नारी प्रधान फिल्म ‘निर्जला’


नारी प्रधान फिल्म ‘निर्जला’ को फष्ट लुक रिलिज गरिएको छ। सार्वजनिक गरिएको फिल्मको फष्ट लुकमा तीन केन्द्रिय कलाकारलाई समेटिएको छ। पोष्टरमा किशोर खतिवडा, शुभेच्छा थापा र निक्स शर्मा फिचर छन्। प्रकाशचन्द्र न्यौपाने निर्माता रहेको फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन्। यो फिल्म आगामी २०७५ सालको बडादशैंलाई लक्षित गर्दै फूलपातीको दिन बाट रिलिज गरिने निर्माण पक्षले बताएको छ।

प्रकाशचन्द्रले ‘निर्जला मार्फत फिल्म निर्माणमा हात हालेका छन्। यता निर्देशक राजु गिरी यस अघिका आफू निर्देशित फिल्म भन्दा ‘निर्जला’ धेरै फरक रहेको बताउछन्। उनले भने – ‘मलाई जुन ग्ल्यामर फिल्मका नाममा हिरोइन नङ्ग्याएको आरोप लाग्ने गथ्र्यो यो फिल्मबाट मलाई लाग्ने ट्यागमा समेत परिवर्तन हुनेमा म ढुक्क छु।’ उनले ‘निर्जला’ सामाजिक कथावस्तुमा आधारित रहेको बताए।

चलचित्रमा किशोर, शुभेच्छा र निक्सको अलवा श्याम राई, पल्पसा डंगोल, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राजकुमार थापा लगायतका कलाकारले अभिनय गरेका छन्। ‘निर्जला’ मा अशोक खड्काको द्धन्द, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन छ।

SUBSCRIBE 👉