के निताले न्याय पाईन त ? ट्रेलरमा हेर्नुहोस् – ‘पंचायत’


पचास वर्ष अघिको सामाजिक संरचना र किशोरीको मनोभावलाई समेटेर बनाएको चलचित्र ‘पंचायत’को ट्रेलर रिलिज गरिएको छ। राजधानीमा एक कार्यक्रमको योजना गर्दै फिल्म निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो। चलचित्रमा सरोज खनाल र निता ढुङ्गाना मुख्य भूमिकामा छन्। ट्रेलरमा एउटा गाउँकी किशोरीको यौन मनोभाव नायिका निता ढुंगाना मार्फत झल्किन्छ। २०३३ सालको तत्कालिन पञ्चायत व्यवस्थाको प्रधान पञ्चको भूमिकामा नायक सरोज खनाल देखिएका छन्। किशोरीले भोग्ने पिडा र पञ्चायत बसेर गाउँमा समस्याहरु समाधान गरिएका दृष्यहरु शमबेश छन्।

अमेरिकाको क्यालिफोर्निया राज्यको सन्फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा चलचित्र ‘पंचायत’ले बिदेशी भाषाको उत्कृष्ट चलचित्र विधाको अवार्ड जित्न सफल भएको थियो। सोही क्रममा नायिक निता ढुंगानाले उत्कृष्ट नायिकाको अवार्ड पाएकी थिईन्।

चलचित्र लेखक तथा निर्देशक शिवम अधिकारीले सात वर्ष अगाडि नै चलचित्रको स्क्रिप्ट लेखेपनि मौलिक सिनेमा हेर्ने कल्चर भर्खरै शुरु भएकाले अहिले आएर चलचित्र निर्माण गरेको बताए। उनले चलचित्र चैत २ मा रिलिज हुने समेत जानकारी दिए। गणेश गिरीको प्रस्तुति रहेको पंचायतको निर्माता शुशान्त श्रेष्ठ र शंकर गिरी हुन्। कार्यकारी निर्मातामा चलचित्र पत्रकार रवि अधिकारी छन्। चलचित्रमा सरोज खनाल र निता ढुंगाना संगै रुपा राना, जाहान्वी बस्नेत, गिता अधिकारी, गणेश गिरी, विशाल पहारी, राजुबाबु श्रेष्ठ लगायतको अभिनय छ।

चलचित्रको ट्रेलर हेर्नुहोस्

SUBSCRIBE 👉