नम्रता श्रेष्ठ र अनुप बिक्रमको बाँधियो जोडी


फागुनको तेश्रो सातादेखि छायाँकन सुरु गर्ने गरी फिल्म जाइरा निर्माणको घोषणा गरिएको छ। ट्रेन्डसेटर्स प्रा.लि.ले बनाउने लागेको फिल्मलाई आशुतोषराज श्रेष्ठले निर्देशन गर्नेछन्। उनको यो डेव्यु निर्देशकिय फिल्म हो। एक्सन जनराको यो फिल्ममा नायिका नम्रता श्रेष्ठ, नायक अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, कलाकारहरु प्रमोद अग्रहरी, सृजना रेग्मी, संगीता नापित र सम्राट मगरको मुख्य भूमिका रहनेछ। फिल्मको लागि यतिबेला टिम प्रि प्रोडक्सनको अन्तिमअवस्थामा छ भने नायिका श्रेष्ठले फाइट समेत सिकि रहेकी छन्।

बाबु सुरेश श्रेष्ठको सिनेम्याटोग्राफी रहने जाइरा मा सम्राटबस्नेतको द्धन्द्धनिर्देशन रहनेछ। फिल्ममा प्रशन्न गोपाली प्रमुख कार्यकारी निर्माताको रुपमा रहेका छन्। फिल्म को सम्पूर्ण छायाँकन काठमाण्डौमा हुने निर्माता गोपालीले बताए। उनले निर्माण गरेको फिल्म रोमियो एण्ड मुना चैत्र २ गते देखि प्रदर्शनमा आउँदै छ।

SUBSCRIBE 👉