
बलिउड निर्देशक जोया अख्तर निर्देशित फिल्म ‘जिन्दगी नामिलेगी दोबारा’ले विश्वका दर्शकको राम्रो माया पायो। स्पेनमा समेत सुटिङ गरिएको यो फिल्म अहिले स्पेनीका लागि अध्ययनको माध्यम बनेको छ। स्पेनको सरकारले यो फिल्मलाई त्यहाँको बजार व्यवस्थापन विषयको पुस्तकको कोर्षमा ‘केस स्टडी’का रुपमा समेटेको छ।
समाचार अनुसार स्पेनको पर्यटन प्रबद्र्धनमा त्यहाँ छायांकन हुने फिल्मको ६५ प्रतिशत योगदान छ। स्पेनको प्रोफाइल समेटिएको पुस्तकमा स्पेनमा फिल्म रिलिज हुनु अघि पर्यटनमा फिल्मले पुर्याएको योगदानलाई उल्लेख गरिएको छ। बलिउडमा जोयालाई फिल्ममा चाहिने आवश्यक तत्वको प्रयोग गर्न माहिर निर्देशकको रुपमा चिनिन्छ। ‘जिन्दगी नामिलेगी दोबारा’को सफलता पश्चात जोया एक्सन इन्टरटेनमेन्टको व्यानरमा बन्न लागेको फिल्म ‘दिल धड्कने दो’को निर्देशनमा जुटेकी छन्। सन् २०१५ को मष्ट अवेटेड मूभिका रुपमा रहेको यो फिल्ममा फरहान अख्तर, प्रियंका चोपडा, अनिल कपुर र रणवीर सिंहले प्रमुख भूमिकामा अभिनय गर्नेछन्।









