उठाउला होलिडेले लगानी ?


Holiday-A-Soldier-Is-Never-Off-Duty

Holiday A Soldier Is Never Off Duty

बलिउडका स्टन्टम्यान नायक अक्षयकुमार र दबंग गर्ल सोनाक्षी सिन्हा अभिनित फिल्म ‘होलिडे अ सोल्जर नेवर अफ ड्युटी’ शुक्रबारबाट प्रदर्शनमा आएको छ। यो फिल्मका निर्माता विपुल शाहबाट रिलायन्स इन्टरटेनमेन्टले ८० करोड रुपैंयाँमा सम्पूर्ण अधिकार खरिद गरिसकेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रिन्ट एवं प्रचार खर्चसहित रिलायन्सले कुल १ सय करोड रुपैंयाँ ग्रस आम्दानी गरेमात्र रिलायन्सको सावा पैसा प्राप्त हुनेछ। फिल्मका निर्देशक मुरुगदास यस्ता निर्देशक हुन्, जसले निर्देशन गरेका तमिल, तेलुगु फिल्म र हिन्दीको ‘गजनी’ फिल्म सुपरहिट भएका थिए। यसैकारण पनि ‘होलिडे’को आम्दानी प्रति फिल्मका व्यापार विश्लेषक आशावादी छन्। यी निर्देशकको फिल्मको सबैभन्दा रमाइलो पक्ष के हो भने उनको फिल्म परम्परागत मसलेदार फिल्म भए पनि त्यसको कथामा भने केही नयाँपन अवश्य नै हुन्छ। यो फिल्म उनकै तमिल सुपरहिट फिल्म ‘थुपाकी’को रिमेक हो।

फिल्म विश्लेषकले अक्षय कुमारको करियरमा यो फिल्म नै सबैभन्दा हिट हुने अनुमान लगाएका छन्। तर पछिल्लो ६ वर्षमा दक्षिण बम्बई, दक्षिण दिल्ली, गडगाउँ र बैंग्लोरको महंगो मल्टिप्लेक्सका दर्शक अक्षयकुमार, सलमान खान र अजय देवगन अभिनित मसला फिल्म कम मात्र हेर्ने गरेका कारण पनि फिल्मले व्यापार कम गर्ने हो कि भन्ने आँकलन गर्न थालेका छन्। सिंगल थिएटरका भन्दा पनि मल्टिप्लेक्सको टिकट महंगो हुने भएकाले पनि फिल्मको व्यापारमा यसले प्रभाव पार्ने गर्दछ। पछिल्लो हप्ता प्रदर्शित महेश भट्टको ‘सिटीलाइट’ले बक्स अफिसमा निराशाजनक व्यापार गरेको थियो। गम्भीर विषयमा यो फिल्म बनेपनि यथेष्ठ मनोरञ्जन नहुँदा फिल्मले सातामा केबल ५ करोड रुपैंयाँ मात्र उठायो।

SUBSCRIBE 👉