सेलिव्रेटी सो’मा क-कसले गरे ‘कान्छी’ को प्रशंशा ?


सफलताका साथ प्रदर्शन भईरहेको फिल्म ‘कान्छी’को सेलिव्रेटी रेड कार्पेट शो गरिएको छ। कुमारी सिनेमा भवनमा आयोजना गरिएको सेलिव्रेटी शो मा मह जोडी, दिपा श्री निरौला र माओवादी केन्द्रका नेता अग्नि सापकोटाले फिल्मको खुलेरै प्रशंसा गरे। मलाई त ‘कान्छी’ राम्रो लाग्यो, वरिष्ठअभिनेता हरिवंशआचार्यले भने, श्वेताले मुटु निचोर्नु भएको छ। कलाकारको अभिनय, गीत संगीत, निर्देशकिय र छायाँकनपक्षसबै राम्रो छ, भर्सटायल एक्टरले भने। पुरानो धारको भएर पनि नयाँ चिजलाईअंगालेको छ, मदन कृष्ण श्रेष्ठले ‘कान्छी’बारे छोटकरीमा प्रतिक्रिया दिए।

दिपाश्री निरौलाले श्वेताको कमब्याकलाई सार्थक बनेको बताइन्। कान्छी हेरिरहंदा मैंले श्रीदाईलाई सम्झिए, भावुक हुँदै दिपाले भनिन्, श्वेताको यो हिम्मत र साहसलाई हामी सबैले स्वागत गर्नु पर्छ। स्व.अभिनेता श्री कृष्ण श्रेष्ठ कै जिल्लामाओवादी केन्द्रका नेता सापकोटाले फिल्म राम्रो लागेको प्रतिक्रियादिए। फिल्मको कथावस्तु र अभिनय राम्रो छ, सापकोटाले भने, फिल्म हेर्न थालेपछि अन्तिम सम्म समय बिते कै थाहा भएन।

आकाश अधिकारीले निर्देशन गरेको फिल्म ‘कान्छी’मा श्वेता कान्छीको शिर्ष भूमिकामा प्रस्तुत भएकी छन्। फिल्म मा उनि संगै अभिनेता दयाहाङ राई, नीर शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनोद न्यौपाने, प्रज्वल सुजल गिरी, अनु शाह, भूमिका श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ।

SUBSCRIBE 👉