साली नितालाई फकाउँदै बाबु


baboo-bogati-neeta-dhungana

Nita Dhungana and Baboo Bogati

ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्ममा आशलाग्दा नायकका रुपमा स्थापित बाबु बोगटीको पहिचान केबल अभिनयमा मात्र छैन, उनी कुशल गायक तथा संगीतकार पनि हुन्। फिल्मी अभिनयमा आउनु अघि बाबुले नेपाली सांगीतिक क्षेत्रमा आफुलाई स्थापित गराईसकेका थिए। पछिल्लो समयमा एकदेखि अर्को फिल्ममा व्यस्त यी गायक तथा नायक अघिल्लो हप्ता भने राजधानीको बुढानिलकण्ठस्थित महसञ्चार स्टुडियोमा नायिका निता ढुंगानालाई ‘साली’ बनाउँदै नाचिरहेको अवस्थामा भेटिए।

पाँचौं एल्बम ‘रेस्पेक्ट’को तयारीमा व्यस्त बाबु यही एल्बममा रहेको ‘दुध मिठो छालीको जिस्काई मिठो सालीको’ गीतमा नितासँग नाँचिरहेका थिए। ‘यो डान्सिङ शैलीको गीत हो, काम निकै राम्रो भएको छ।’ गायक बाबुले भने। कमल राईले निर्देशन गरेको भिडियोमा निता र बाबुबाहेक दिनु राई, उत्तम गजमेरले पनि अभिनय गरेका छन्। आगामी साउनमा श्रोतामाझ एल्बम ल्याउने तयारी भइरहेको बाबुले बताए। यो भिडियोका छाँयाकार धिरजजंग शाह हुन्।

बाबुले यसअघि २०६१ मा ‘पुल्चोक पाटन’ र ‘रिक्वेष्ट’, २०६३ मा ‘रिजल्ट’ र २०७० मा ‘प्रायश्चित’ नामक एल्बम सार्वजनिक गरेका थिए। यी एल्बमका अधिकांश गीत हिट भइसकेका छन्।

SUBSCRIBE 👉