नाइ नभन्नुल २ लाई सर्वाधिक अवार्ड । दयाहाङ राई र प्रियंका कार्की पपुलर


nai-nabhannu-la-2ग्ल्यामर नेपाल, काठमाडौं । बाल प्रेमकथामा आधारित फिल्म ‘नाइ नभन्नु ल २’ले सोमबार राजधानीमा आयोजना गरिएको ‘दोस्रो मिन्स्क अनलाइनखबर फिल्म अवार्ड २०७१’ मा सर्वाधिक विधामा अवार्ड जितेको छ। फिल्मले ‘पपुलर फिल्म’सँगै निर्देशक विकास आचार्यल वर्ष कै ‘पपुलर निर्देशक’ ठहरिए भने नायिका प्रियंका कार्की ‘पपुलर अभिनेत्री’, संगीतकार बसन्त सापकोटाले ‘पपुलर संगीतकार’, गीतकार डा. कृष्णहरि बरालले ‘पपुलर गीतकार’, छाँयाकार पुरुषोत्तम प्रधानले ‘पपुलर छाँयाकार’, गायक प्रेम परियारले ‘पपुलर गायक’ र कोरियोग्राफर कविराज गहतराजले ‘पपुलर नृत्य निर्देशक’ विधामा वर्ष कै पपुलर अवार्ड चुमेका छन्।

फिल्म सम्बन्धी समाचारमूलक अनलाइन पत्रिका फिल्मीखबर डटकमले आयोजना गरेको कार्यक्रममा अभिनेता दयाहाङ राई ‘पपुलर अभिनेता’ घोषित भए भने ‘पपुलर अभिनेत्री’को अवार्ड नायिका प्रियंका कार्कीको पोल्टामा प¥यो । वर्ष २०७० कै अर्को सुपरहिट फिल्म ‘छ एकान छ’का लागि दीपकराज गिरी र जगदीश्वर थापाले ‘पपुलर स्क्रिप्ट’, गायिका मिलन अमात्यले ‘पपुलर गायिका’, द्वन्द्व निर्देशक रोशन श्रेष्ठले ‘पपुलर द्वन्द्व निर्देशक’ फिल्म सम्पादक विपिन मल्लले ‘पपुलर सम्पादक’ विधाको अवार्ड पाए । यसैगरी फिल्म ‘होस्टल’का लागि निर्देशक हेमराज बिसीले ‘पपुलर नवनिर्देशक’, यही फिल्मका लागि नवनायक अनमोल केसीले ‘पपुलर नवअभिनेता’, फिल्म ‘अन्तराल’का लागि नायिका अशिष्मा नकर्मीले ‘पपुलर नवअभिनेत्री’ र फिल्म ‘बितेका पल’का लागि फेसन स्टाइलिष्ट निलिमा शर्माले ‘पपुलर फेसन डिजाइनर’को अवार्ड लिए । त्यस्तै ‘पपुलर एक्जिभीटर’ अवार्ड दमकको निलकण्ठ चलचित्र मन्दिरले पायो भने ‘पपुलर क्रिटिक्स अवार्ड’ फिल्म ‘मोक्ष’ले पायो।

कार्यक्रम को फोटो ग्यालरी हेर्नुहोस 
रेड कार्पेट फोटो ग्यालरी – Click Here
अवार्ड कार्यक्रम फोटो ग्यालरी – Click Here

filmykhabar-award-photo (17)सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गतवर्ष निधन भएका नेपाली फिल्म उद्योगका चर्चित निर्देशक स्व. शिव रेग्मीलाई मरणोपरान्त लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । मन्त्री रिजालले स्व. रेग्मीकी श्रीमति ज्ञानु रेग्मीलाई उक्त अवार्ड प्रदान गर्दा ज्ञानु निकै भावुक बनेकी थिईन् । गत वर्ष लाइफटाइम अचिभमेन्ट अवार्ड पाएका महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि ज्ञानुलाई सम्मान गरेका थिए।

filmykhabar-award-photo (16)कार्यक्रमलाई सांगीतिक र मनोरञ्जनात्मक बनाउन ‘नाइ नभन्नु ल २’का कलाकारद्वय अनुभव रेग्मी र सुज्ञानी भट्टराईले ‘यी आँखामा तिमी छौ’, नायक एशराज र नायिका वर्षा शिवाकोटीले ‘स्लोली स्लोली’ गीतमा नृत्य प्रस्तुत गरेका थिए भने गम्भीर विष्ट, गजित विष्ट र निष्मा घिमिरेले ‘साल्सा नृत्य’ देखाएका थिए । हाँस्यकलाकारद्वय सुरवीर पण्डित र मुस्कान पासा बनेका सिताराम कट्टेलले प्रहसनले दर्शकलाई पेट मिचिमिचि हसाएको थियो । मुस्कान पासाको अनुभवमा नेपाली कलाकार र नेपाली फिल्मबारे गरेको व्यंग्य सबैले रुचाएका थिए।

अवार्डका अध्यक्ष सुमन गैरेले आफुहरुले नेपाली कलाकारको सम्मानार्थ अवार्ड आयोजना गरेको बताउँदै आगामी दिनमा अझ राम्रा काम गर्ने जनाए । अवार्डका निर्देशक सुरेशदर्पण पोखरेलले आगामी दिनमा परिस्कृत रुपमा अवार्डलाई अगाडि बढाउँदै लैजाने प्रतिबद्धता जनाए ।

SUBSCRIBE 👉