अशु अषेसको उदाहरणमा गरिमा पन्त


garima-panta-1ग्ल्यामर नेपाल, काठमाडौं । आतिष फिल्मस्को ब्यानरमा सर्ट फिल्म ‘उदाहरण’ निर्माण हुने भएको छ। महिला तथा बालबालिकाको समस्यामा केन्द्रीत रहेर निर्माण हुने फिल्मको सोमबार माइती नेपालकी अध्यक्ष तथा सीएनएन हिरो अनुराधा कोइरालाले शुभारम्भ गर्दै सामाजिक सन्देश दिने किसिमका फिल्म बनाउनले समाजलाई फाइदा हुने बताईन्।

पत्रकार डी.पी.शाह ‘चक्रवर्ती’ कार्यकारी निर्माता रहेको फिल्मको कार्यक्रममा प्रथम नेपाली नायिका भुवन चन्दले फिल्मको शिर्ष गीत सार्वजनिक गरेकी थिईन्। कार्यक्रममा चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष भरत शाक्यले शुभसाईत शटको निर्देशन, प्रथम नायिका भुवन चन्दले क्यामरा अन र चलचित्र पत्रकार सँघका महासचिव सन्दिप सापकोटाले नरिवल फुटाएका थिए भने नायक सिमान्त उदास, नायिका गरिमा पन्त र बालकलाकार एनी भट्टराईले मुहुर्त सर्ट दिएका थिए।

अशु अषेस गिरीको कथा एवं निर्देशनमा निर्माण हुने फिल्मका लेखक डीपीले नै लेखेका हुन्। क्यानाडाको टोरन्टो र नेपालमा छायांकन हुने फिल्ममा डी.पी.शाह‘चक्रवर्ती’, नीर शाह, भुवन चन्द, चन्दा बिडारी, ऋषिमाया पोख्रेल ‘प्रतिक्षा’, राजेश महत, कविता घिसिङलगायतको अभिनय रहनेछ। फिल्ममा श्रीकृष्ण फुँयालको छायांकन, सचिन गिरीको संगीत, संजीव आले र एनी श्रेष्ठको गायन रहेको छ।

garima-panta-2

garima-panta-sianta-udash

nepali movie example (2)

SUBSCRIBE 👉