बेलायतमा हुदैँछ भब्य कार्यक्रम, नेपालबाट को को जाँदैछन्?


बेलायतको थर्ड आइ टिमले ‘रुम्झाटार गुम्बा च्यारिटी नाइट २०१८’ गर्ने भएको छ। मार्च १७ तारिखमा बेलायतको हाइस्ट्रीट एल्डरसट ह्याम्पसायरमा विशेष कार्यक्रम गर्न लागेको थर्ड आइले नेपालबा जम्बो कलाकारको टोली बेलायत जादैँछ।

एल्डरसट ह्याम्पसायर स्थित अम्पायर ब्यान्क्वेट हलमा हुने भब्य कार्यक्रममा आनन्द कार्की, मीरा राणा, सुकमित गुरुङ, मीनादेवी निरौला पोखरेल, राजु राजबाहक लगायतका कलाकारहरु छन्। यस्तै अन्य कलाकारहरुमा सरु थापा, रवि डंगोल, श्याम अर्याल, नम्रता योगी र मौषमी गुरुङ छन्। कार्यक्रममा कलाकारहरुले गीत गाउनुका साथै नृत्य र हाँस्यप्रहसन समेत हुने आयोजकले जनाएको छ।

थर्ड आइले गत वर्ष लण्डनमा ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ लण्डन’ आयोजना गरेको थियो। अहिले कार्यक्रमको भब्य रुपमा तयारी भईरहेको बेलायतबाट कार्यक्रमका संयोजकद्धय बिकास देवकोटा र बिष्णु गुरुङले बताए । कार्यक्रम अपरान्ह ४ बजेदेखी सुरु हुनेछ।

SUBSCRIBE 👉