सान्नानीलाई भेट्न आउँदा के भयो?


अभिनेता दयाहाङ राई स्टारर नेपाली चलचित्र ‘भैरे’को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा अभिनेताहरु विक्रान्त बस्नेत, बुद्धि तामाङ र अभिनेत्री वर्षा शिवाकोटी फिचरिङ्ग छन्। निर्देशक एभरेष्ट सुर्य बोहरा र बसन्त सापकोटाको शब्द रहेको गीतमा बसन्तको संगीत सुन्न सकिन्छ। यम बराल, बसन्त सापकोटा र मेलिना राईले गीतमा आवाज भरेका छन्।

कविराज गहतराजको नृत्य निर्देशन गज्जब छ। उनले गीतमा फरक कन्सेप्ट प्रयोग गरेका छन्। छायाँकार पुरुषोत्तम प्रधानले कलात्मक शैलीमा गीत खिचेका छन्। निर्देशक बोहराको कथा रहेको फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन्।

करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह-निर्माता हुन्। सूर्य थोक्करको द्वन्द्व रहेको फिल्ममा सुरक्षा पन्त, सुनिल थापा, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ। बनिष शाहले फिल्मको सम्पादन सम्हालेका छन्।

लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’मा बसन्त श्रेष्ठ र रामजी लामिछानेको पनि कोरियोग्राफी रहेको छ। नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित यो फिल्मको प्रदर्शन मिति वर्ष २०७५ को जेठ १८ गतेलाई तय गरिएको छ। – भिडियो हेर्नुहोस्।

SUBSCRIBE 👉