अफिसियल घोषणा : शिल्पा सँग आशिरमानको ‘ब्रेकअप’


फिल्म ‘दि ब्रेकअप’को निर्माण घोषणा भएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले यसै साता फ्लोरमा जाने गरी फिल्मको कास्ट एण्ड क्रियू सार्वजनिक गर्यो। आशिरमान देशराज जोशी शिल्पा मास्के, सलोन बस्नेत, सरोज खनाल, रेमनदास श्रेष्ठ, ईच्छा कार्की फिल्ममा लिड अभिनयमा हुनेछन्। हेमराज बिसीको निर्देशनमा निर्माण हुने यो फिल्म, रोहित अधिकारी फिल्मस् र हेप्पी प्लानेट फिल्मस् को ब्यानरमा बन्न लागेको हो। फिल्ममा रोहित अधिकारी, रेणु राणा र रुपक थापाको लगानी रहनेछ।

भिनेता आशिरमानले बिसी कै अघिल्लो प्रोजेक्ट ‘ग्याङ्गस्टर ब्लूज’बाट डेब्यू गरेका थिए। डेब्यू फिल्ममा एङ्ग्री लभरब्वाई बनेका आशिर यो फिल्ममा भने सरल प्रेमीको रुपमा देखिनेछन्। आयोजित कार्यक्रममा देखिएको उनको गेटअपले यस्तै छनक दिन्छ।

त्यसो त फिल्मको ‘थिम पोस्टर’ पनि निर्माण टिमले बाहिर ल्याएको छ। पोस्टरमा आशिरलाई ‘प्याराग्लाईडिङ’बाट ल्याण्ड गर्दै गरेको अबतारमा प्रस्तुत गरिएको छ। यो सँगै पोखरामा ५० प्रतिशत खिचिने फिल्म उक्त ठाउँको प्रसिद्ध मानिने प्याराग्लाईडिङको पाइलट (मास्टर) को रुपमा आशिर रहने रहस्य पनि उक्त पोस्टरले खुलाएको छ। त्यसक्रममा शिल्पासँगको भेट र हुने प्रेम आसपासको परिवेशमा फिल्म बन्नेछ भन्ने अनुमान लगाउन सकिन्छ।

कार्यक्रममा निर्माण टिम फिल्मलाई लिएर आशावादी देखियो। सबैले आफ्नो आफ्नो ठाउँबाट उत्कृष्ट मेहनत पस्केर दर्शकमाझ मनोरञ्जनको राम्रो खुराकको रुपमा ‘ब्रेकअप’लाई भदौ १५ मा लिएर आउने प्रतिबद्धता पनि सबैले जनाएका छन्। नरेन्द्र मैनालीले खिच्ने फिल्ममा बैकुण्ठराज पराजुली लाईन प्रोड्यूसरमा छन्। प्रोडक्सन म्यानेजरको काम बुद्धीलाल मगरले सम्हाल्नेछन्।

फिल्मको ५० प्रतिशत छायाँकन भने अष्ट्रेलियामा हुनेछ। नेपाल छायाँकन सकाएपछि ‘ब्रेकअप’ कंगारूको देश टिम अष्ट्रेलिया मुभ हुनेछ। फिल्ममा विशेष पाण्डे, बिराज गौतमको संगीत रहनेछ भने कोरियोग्राफी कविराज गहतराजको रहनेछ।

SUBSCRIBE 👉