साराले बनाईन् गौरवलाई अप्रिल फुल!


हङकङ बस्दै आएका गायक गणेश न्यौपानेको नयाँ गीत ‘एउटा घाउ देउ’को भिडियो सार्वजनिक भएको छ। भिडियोमा अप्रिल फूल मनाएको प्रसंगलाई देखाइएको छ। गौरव पहाडी र सारा शिरपाली फिचरिङ भिडियो गीतमा आफ्नो प्रेमी गौरवलाई दुःखित बनाउन साराले गर्भवती बनेको अभिनय र अन्तिममा त्यसको वास्तविकता खुलेपछि खुशी भएका गौरवको भावलाई झल्काइएको छ।

फिल्म ‘रुद्र’बाट नेपाली फिल्ममा डेब्यु गरेकी सारा पछिल्लो पटक निखिल उप्रेतीसँग फिल्म ‘पिँजडा ब्याक अगेन’मा देखिएकी थिइन्। उनी यतिबेला फिल्म ‘सुश्री सम्पत्ति’मा व्यस्त छिन्। नायक गौरवले थुप्रै फिल्ममा अभिनय गरे पनि उनी चर्चित गीत ‘साइली’मा साइलाको चरित्रबाट आफूलाई स्थापित गराए।

भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन्। गीतमा भूपेन्द्र खड्काको शब्द, दिनेश सुब्बाको संगीत, फडिन्द्र राईको एरेञ्ज, दिपेश प्रधान र प्रकाश केसीको मास्टरिङ र मिक्सिङ, निरोज श्रेष्ठको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ। भिडियो हेर्नुहोस्।

SUBSCRIBE 👉