गिरी र परियारलाई म्युजिक खबर पुरस्कार


Prem Pariyar

Prem Pariyar

ग्ल्यामर नेपाल, काठमाडौं । म्युजिक खबर डटकमले आगामी असार १ गते राजधानीमा आयोजना गर्न लागेको तेस्रो संस्करणको ‘म्युजिक खबर म्युजिक अवार्ड’मा यस वर्ष ‘म्यूजिक खबर बाल प्रतिभा प्रोत्साहन पुरस्कार’बाट बाल गायक प्रेम परियार र ‘म्यूजिक खबर पत्रकारिता पुरस्कार’बाट पत्रकार तुलसी गिरी भावुकलाई पुरस्कृत गरिने भएको छ।

परियारलाई गायनको क्षेत्रमा शिखर चुम्ने प्रोत्साहन दिनका लागि ताम्रपत्रद्वारा सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको हो। परियारले आफ्नो बालापनमै संगीत क्षेत्रमा स्वरको मधुर्यता पस्कन सफल भएकै कारण म्यूजिक खबर बालप्रोत्साहन सम्मान दिन लागिएको जानकारी आयोजक संस्थाका अध्यक्ष सुमन वैरागीले दिए। त्यस्तै पत्रकार गिरीलाई संगीत पत्रकारिताको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएवापत ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिन लागिएको हो। गिरीले २०४५ सालबाट नेपालभूमी साप्ताहिकमा कलाजगत स्तम्भबाट रंग पत्रकारिता सुरु गरी विगत दश वर्षदेखि म्यूजिक डायरीको प्रधानसम्पादकको रुपमा काम गर्दै आएका छन्।

Tushi Giri 'Bhabuk' | Editor - Music Diary Magazine

Tushi Giri ‘Bhabuk’ | Editor – Music Diary Magazine

‘स्तरीय एवं मौलिक संगीतको धार नेपाली गीतसंगीतको आधार’ भन्ने मूल नाराको साथ आयोजना गर्न लागिएको अवार्डले गीतसंगीतमा लागेका स्रष्टाहरुलाई अवार्डका माध्यमले उर्जाशील बनाउँदै आएको आयोजकको दाबी छ। सन् २०१३ मा बजारमा आएका गीतसंगीतलाई सहभागी गराएर आयोजना गरिएको यस अवार्ड पत्रकारिताको क्षेत्रमा क्रियाशील संस्था म्यूजिक खबर डटकमले विगत तीन वर्षदेखि आयोजना गर्दै आएको छ। आधुनिक, लोकदोहोरी, चलचित्र, पप र राष्ट्रिय भावका गीतसंगीतलाई सहभागी गराएर विभिन्न २९ विधामा अवार्ड आयोजना गर्न लागिएको हो।

SUBSCRIBE 👉