सारा र निराजनको माया


गीतकार अम्बिका गुरुङले आफ्ना रोमान्टिक शब्दहरुको एउटा गीतको म्युजिक भिडियो तयार पार्नु भएको छ। ‘माया लगाइ…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो रिलिज गरिएको छ। संगीतकारको रुपमा स्थापित भैसकेका शंकर थापा स्माइलले यो गीतमा स्वर भरेका छन्। प्रस्तुत गीतमा संगीत पनि थापाकै छ। आफ्नै संगीत भएकाले हुनसक्छ संगीतकार थापा यो गीतको गायनमा खुलेका छन्। यो गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्। आरबी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई अशोक महर्जनले मिक्सिङ गरेका हुन्।

नेपालका स्थापित म्युजिक भिडियो निर्देश्ँक अर्जुन अधिकारीले यो गीतको म्युजिक भिडियोलाई गीतका शब्दहरु झैं रोमान्टिक बनाएका छन्। भिडियोमा अभिनेत्री सारा शिर्पाली तथा अभिनेता निराजन प्रधानले अभिनय गरेका छन्। भिडियोमा उनीहरुको जोडी लोभलाग्दो देखिएको छ। उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।

SUBSCRIBE 👉