आर.के. इन्टरटेन्मेन्ट ग्रुपले ‘मिस ग्रान्ड नेपाल २०१८’ आयोजना गर्ने


‘ज्ञान संगै शिक्षा’लाई आधारमा राखेर विभिन्न शैक्षिक प्रतियोगिता गर्दै आईरहेको आर.के. इन्टरटेन्मेन्ट ग्रुपले ‘मिस ग्रान्ड नेपाल २०१८’ आयोजना गर्ने भएको छ। काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोजकले मिस ग्रान्ड नेपालको औपचारिक घोषणा गरेको छ।

‘मिस ग्रान्ड नेपाल २०१८’ को अडिसन काठमाडौँ, पोखरा, बुटवल, चितवन, धरान लागाएतका विभिन्न सहरहरुमा हुने आयोजकले बताएको छ। ‘मिस ग्रान्ड नेपाल २०१८’ बिजेताले नगद एक लाख सहित स्कुटर लगायत थुप्रै उपहारहरु पाउने छिन। बिजेताले म्यानमार मा हुने ‘मिस ग्रान्ड इन्टरनेशनल २०१८’ मा नेपाल को प्रतिनिधित्व गर्न पाउने छिन्।

SUBSCRIBE 👉