हनिमुनमा हट किम


kim-1
प्रेमी कान्ये वेष्टसँग गत महिना विवाह गर्नकै लागि अमेरिकी मोडल तथा सामाजिक कार्यकर्ता किम कार्दासियनले आफ्नो शरीरलाई चुस्तदुरुस्त पार्न लागि परिन्। उनको त्यो शरीरलाई कसैले पनि नजिकबाट नियाल्न पाएनन् केबल कान्ये बाहेक।

कान्येसँगको दोस्रो विवाह पछि हनिमुन मनाउन जाँदाको उनको सार्वजनिक नयाँ बिकिनी तस्वीरले शरीरको चुस्तदुरुस्ततालाई प्रष्ट्याएको छ। मेक्सिकोमा हनिमुन मनाइरहेकी किमका तस्वीर बुधबारमात्र सञ्चारमाध्यममा सार्वजनिक भएका हुन्। ३३ वर्षीया सुन्दरीले आफ्नै साथीको पुन्टा मिटा नामक रिर्सोटमा हनिमुन मनाउँदैछिन्। हल्का सेतो किसिमको बिकिनीमा देखिएकी किमले घाँटीमा सामान्य किसिमको सुनको नेक्लेस लगाएकी छन्। समाचार अनुसार उनीहरु मेक्सिकोको उक्त रिर्सोटको एक निजी घरमा बसिरहेका छन्।
Images: Brian Prhal / Splash News

kim-2

SUBSCRIBE 👉