अमेरिकामा बस्ताकोटीको चित्रकला पर्दशनी


चित्रकार कुशल बस्ताकोटीले हालै अमेरिकामा आफ्नो चित्रकला पर्दशनी गरेका छन। हालसम्म ३५ बढी ठाउमा चित्रकला पर्दशनी गरेका बस्ताकोटीको उक्त चित्रकला प्रर्दशनी हेर्न ५०० बढी ब्यक्तिहरु आएका थिए। यति मात्र होइन केही समय देखि अमेरिका रहेकी चर्चित गायीका अन्जु पन्त समेत उक्त प्रर्दशनी हेर्न पुगेकी थिइन्। युनाइटेड नेप्लिज एसोसिएसनको तेस्रो सम्मेलनमा भएको हो।

चित्रकार बस्ताकोटीले नेपाली परिभेष , गाउँ, सहर तथा बिभीन्न ठाउ बिशेष पेन्टिङहरु राखेका थिए। प्रर्दशनीबाट आफुलाई निकै सकारात्मक प्रतिक्रिया आएको र त्यो प्रतिक्रियाले हौसला बढाएको भनाइ चित्रकार बस्ताकोटीको रहेको थियो। पोखरामा जन्मिएका उनि यतिबेला अमेरिकामानै बस्दै आइरहेका छन् जहाँ उनि अध्यान संगै चित्रकलामा समय बिताउने गर्छन। उनले चित्रकलाबाटनै बिभीन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु पाइसकेका छन।

SUBSCRIBE 👉