‘तिमी बिना’ भिडीयोको छायाँकन सम्पन्न



संगीतकार नागेन्द्र श्रेष्ठको संगीत ,रचना प्रधानको शब्द र प्रबिसा अधिकारीको स्वर रहेको गीत ‘तिमी बिना’ को म्युजीक भिडीयोको छायाकन सम्पन्न भएको छ । बिकास लामिछाने र संज्ञा श्रेष्ठले मोडलिङ गरेको म्युजीक भिडीयोलाई प्रेम र बिछोडको कथामा तयार पारिएको छ । रयान कार्कीले निर्देशन गरेको म्युजीक भिडीयो केही साता पछी सार्बजनिक हुनेछ ।  भिडीयो राम्रो बनाउनलाई आफुले सक्दो मेहनत गरेको निर्देशक कार्कीको भनाई रहेको छ । उत्सब दाहालले खिचेको भिडीयोलाई प्रविन श्रेष्ठले सम्पादन गर्दैछन । गीतको एरेन्ज भने अनिल शाहीले गरेका हुन् ।

SUBSCRIBE 👉