कस्मिक लभमा मख्ख रिजन–पुजन


काठमाडौं । गत असार ११ गतेबाट छायांकन शुरु भएको फिल्म ‘कस्मिक लभ’को यतिबेला धमाधम छायांकन भइरहेको छ । फिल्मको ‘माया तिमीलाई’ बोलको गीतको कुलेखानीमा छायांकन गरिएको छ ।

बाबुल गिरी र मिलन अमात्यको स्वर रहेको गीतमा बाबुलकै संगीत र दिनेश सुवेदीको शब्द छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा नवकलाकारद्वय रिजन थापा तथा पुजन थापाको जोडी देख्न सकिन्छ ।

फिल्ममा अर्पण थापा, प्रशान्त ताम्राकार, रोबिन तामाङ, दिया मास्के, राजाराम पौडेल, पुरन थापा, देब महर्जन र सागर खनालको अभिनय छ ।

फिल्ममा बिएस बलामी र एस अधिकारीको निर्देशन छ । जय गौतमको लगानी रहेको फिल्ममा डीएन खनाल कार्यकारी निर्माता छन् । मुभी मेकर्सको ब्यानरमा बनिरहेको फिल्ममा शेखर ज्ञवालीको लेखन र सुरेश बज्राचार्यको छायांकन छ ।

SUBSCRIBE 👉