‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल


चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको नयाँ भिडियो सार्वजनिक भएको छ। ‘जुन मा राखुँ’ तिमीलाई बोलको गीतमा पल र आँचलको प्रेमिल भाव देख्न सकिन्छ। प्रदीप ढकाल र निकिता थापाको स्वरको गीतमा बिष्णु बाबु देवकोटाको शब्द र गायक ढकालकै संगीत छ।

बिकास सुवेदीको निर्देशनमा बनेको भिडियोलाई नायक पल शाहले नै कोरियोग्राफी गरेका छन्। अनिल कुमार मानन्धरले छायांकन गरेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। गीतलाई बिकासा इंटरटेनमेनटले प्रस्तुत गरेको हो।

SUBSCRIBE 👉