मञ्जुको गीतमा दीपेन्द्र आउँदा नीता फुरुंग


काठमाडौं । गायिका मन्जु पौडेल र गायक सन्तु थापाको स्वरमा रहेको गीत ‘छम्म छम्म’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द तथा पवित्रा सर्तुंगे मगरको संगीत र आशिष अविरलको एरेन्ज रहेको छ । भिडियोमा नायिका नीता ढुंगाना तथा पत्रकार दीपेन्द्र घिमिरेले मोडलिङ गरेका छन् ।

भिडियोमा दीपेन्द्रको पर्खाईमा रहेकी नीताले दीपेन्द्रलाई देख्नासाथ तीज लागेको भन्दै नाँचेकी छन् । तीजमा ब्रत बसेकी श्रीमती तब खुशी हुन्छे जब उसको पति उसँगै नाच्न आउँछ । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन छ । गीत तथा भिडियोलाई बिएमएस फिल्म्सले बजारमा ल्याएको हो । आधुनिक र लोक गीतमा मोडलिङ गरिसकेका दीपेन्द्रको तीज गीतमा भने पहिलो मोडलिङ हो ।

नीताले पनि दिपेन्द्रको काम प्रोफेसनल मोडलभन्दा कम नरहेको बताइन् । ‘उहाँलाई मैले पत्रकारको रुपमा मात्र चिनेको थिएँ तर राम्रो नृत्य पनि गर्नुहुँदो रहेछ । कलाकारितामा पनि उहाँको भविष्य राम्रो छ,’ नीताले भनिन् ।

SUBSCRIBE 👉