भिडियोमा सहिमाको पहिलो नम्बरी सुन


काठमाडौं । हरेक वर्ष तीजका अवसरमा आफ्नो सांगीतिक कोसेली लिएर आउने गायिका सहिमा श्रेष्ठले यस पटक पनि ‘पहिलो नम्बर सुन’ बोलको तीज गीत लिएर आएकी छिन् । मौलिक एवं सांस्कृतिक पर्वको रुपमा परिचित तीजको अवसरमा उनले लिएर आएको तीज गीत बिहिबार युट्यूवमार्फत रिलिज गरेकी छिन् ।

वरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रियको शब्द रहेको छ भने युवा संगीतकार सन्तोष श्रेष्ठले यस गीतको लय÷संगीत तयार पारेका छन् । गीतको एरेञ्ज कृष्ण पुनले गरेका हुन् भने गीतप्रिज्म रेकर्डीङमा रेकर्डीङ गरिएको हो ।

गीतको आकर्षक भिडियो तयार पारिएको छ । भिडियोको छायांकन वरिष्ठ छायांकार शिव ढकालले गरेका छन् भने सम्पादन विष्णु शर्माको रहेको छ । गीतको कोरीयोग्राफी तथा निर्देशन अभिनेत्री पवित्राआचार्यले गरेकी हुन् ।

गीतमा मौलीक लय–संगीतको साथै मौलीक शब्दहरु प्रयोग गरिएको छ । आकर्षक भिडियोमा अभिनेत्री खुश्वु खड्का तथा गायिका स्वयम् सहिमा श्रेष्ठलाई फिचरीङ गरिएको छ । गीत वीणा म्यूजिकले बजारमा ल्याएको हो ।

SUBSCRIBE 👉