इथोपियन वृत्तचित्रलाई गोल्डेन ड्रम अवार्ड


framing the others

framing the others

ग्ल्यामर नेपाल, काठमाडौ । राजधानीमा शनिवार सम्पन्न ‘आठौं अन्तराष्ट्रिय आदिबासी फिल्म महोत्सब–२०७१ (निफ)’मा इथोपियाको वृत्तचित्र ‘फ्रेमिङ द अदर्स’ले बाजी जितेको छ। स्वदेशी र विदेशी ४९ वटा सर्ट फिल्ममध्येबाट बुइलेम तिम्मेर्स र इजाकोकद्वारा निर्देशित यो वृत्तचित्रले उत्कृष्ठ बन्दै ‘गोल्डेन ड्रम अवार्ड’ पाएको छ। वृत्तचित्रले इथोपियाका मुर्सी जातिले आफ्नो ओठमा ठुलो प्लेट राख्ने प्रचलनलाई प्रस्तुत गरेको छ।

Owners of the Water

Owners of the Water

महोत्सवमा ब्राजिलको वृत्तचित्र ‘अनर्स अफ द वाटर’ले दोस्रो पुरस्कार प्राप्त गरेको छ। लौरा आर ग्राहम, डेजिड हेर्नान्डेज पामर र कैमी वाईसे निर्देशित यो वृत्तचित्रले ‘सिल्भर ड्रम अवार्ड’ प्राप्त गरेको छ। ब्राजिलमा पानीको लागि आदिबासीले गरेको संघर्ष वृत्तचित्रमा हेर्न पाइन्छ।

Milk and Honey

Milk and Honey

यस्तै मारिना आलोफाजिया मेकार्टनीद्वारा निर्देशित सर्ट फिल्म ‘मिल्क एन्ड हनी’तेस्रो भई ‘ब्रन्ज ड्रम’ प्राप्त गरेको छ। न्युजिल्याण्डको यो फिल्मले एक गर्भवती महिलाको समस्यालाई प्रस्तुत गरेको छ। पाकिस्तानी वृत्तचित्र ‘द कलाश एन्ड द क्रेसेन्ट’ले ‘जुरी अवार्ड’ जितेको छ। लासा ली निर्देशित वृत्तचित्रमा पाकिस्तानको चित्राल समुदायले आफ्नो संस्कृति बचाउन गरेको संघर्षलाई चित्रण गरेको छ । वृत्तचित्रले ‘जुरी अवार्ड’वापत ‘ब्रन्ज ड्रम’ पाएको छ।

etihas-metayieko-tamang-jatiko-pahichanनेपाल पानोरमा अन्तर्गत तामाङ समुदायको संस्कृति संरक्षणका लागि निर्माण गरिएको वृत्तचित्र ‘इतिहासले मेटाइएको तामाङ जनजातिको पहिचान’ उत्कृष्ठ बन्दै ट्रफीसहित २५ हजार रुपैयाँ प्राप्त गरेको छ। वृत्तचित्रका निर्देशक दोर्जे तामाङ हुन्। महोत्सवमा सन्त घर्ती मगरले निर्देशक गरेको वृत्तचित्र ‘कापाई’ले ‘इन्करेजमेन्ट अवार्ड’ जितेको छ। पश्चिमी पहाडी जिल्लाका मगरहरुले भूत भगाउने प्रचलनलाई विषयबस्तु बनाइएको वृत्तचित्रले अवार्डसँगै १५ हजार रुपैयाँ पनि पोल्टामा पारेको छ। ‘पब्लिक च्वाइस अवार्ड’सागर केरुङ निर्देशित लिम्बु भाषाको छोटो फिल्म ‘पुङसाम’ले जितेको छ। फिल्मले आफ्नो टिकट बिक्री बापतको ९ हजार रुपैयाँ पाएको छ। लिम्बु समुदायमा शिकारी देवताको पुजा नगरी सिकार खेल्न जाँदा त्यसको परिणाम नकारात्मक हुन्छ भन्ने कथा यसमा छ।

इन्डिजिनियस फिल्म अकाईभ(आइफा)ले आयोजना गरेको महोत्सवमा करिब १५ हजार दर्शकको सहभागिता रहेको आयोजकको दाबी छ। महोत्सवको निर्णायकमा जापानबाट फिल्मकर्मी नवामी मिजोगुची, भारतबाट अग्रज फिल्मकर्मी जि.एल. भारद्धाज र नेपालबाट सञ्चारकर्मी अनिता गुरुङ थिए।

SUBSCRIBE 👉