महेशको ‘नाँच फिरिरि’मा निश्चल–स्वस्तिमा


काठमाडौं । निर्देशक तथा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काको जोडी पहिलोपटक म्युजिक भिडियोमा एकसाथ देखिएका छन् । गायक महेश काफ्लेको भिडियो ‘नाच फिरिरि’मा यो जोडीलाई प्रस्तुत गरेका छन् ।

जि २१ डिजिटलको प्रस्तुती रहेको गीतमा महेश काफ्ले र मेलिना राईको स्वर छ । महेश काफ्लेको शब्द संगित रहेको गीतलाई रिकेश गुरुङ किजले म्युजिक एरेन्ज गरेका हुन् । पोखरा आसपासका बिभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा निश्चलकै निर्देशन छ ।

भिडियोमा क्रिस्टल क्लज डान्स क्रिउ र प्रकाश घिमिरेलाई पनि देख्न सकिन्छ । भिडियोमा शिवराम श्रेष्ठ र सुरज श्रेष्ठको छायांकन तथा लोकेश बज्राचार्यको सम्पादन छ ।

SUBSCRIBE 👉