निर्जलाको भाले मोटर भिडियोलाई ५० हजार


काठमाडौ । आगामी असोज १९ गते रिलिज हुने फिल्म ‘निर्जला’मा समावेश गीत ‘भाले मोटर’को कभर भिडियो प्रतियोगिता घोषणा गरिएको छ । राजु गिरीको निर्देशनमा प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेको फिल्मले उत्कृष्ट कभर भिडियोलाई ५० हजार पुरस्कार दिने जनाएको छ ।

साइराम पिक्चर्सको युट्युवमार्फत बिहीबार दर्शकमाझ ल्याइएको भिडियोमा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्माले नृत्य गरेका छन् । गीतमा सलिलसुन्दर तुलाधर र सवनम आचार्यको स्वर तथा बाबुल गिरीको शब्द र संगीत छ । गीतमा क्रान्ति केसीको कोरियोग्राफी छ ।

कभर भिडियो भदौ दोस्रो सातासम्म साइराम पिक्चर्सको इमेलमा पठाउनु पर्नेछ । निर्माता प्रकाशचन्द्रले प्राप्त भिडियोमध्ये प्रथम हुनेलाई ५० हजार रुपैयाँ र दोश्रो हुनेलाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताए । कभर भिडियोका विजेतलाई आफूले निर्माण गर्ने नयाँ फिल्ममा उचित भूमिका पनि दिइने निर्माता प्रकाशचन्द्रले जनाए ।

गाउँले परिबेशको कथामा निर्माण गरिएको निर्जलामा किशार, शुभेच्छा, निकका साथमा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, वाले तामाङ, तिलक कोइराला, अन्जली घिसिङ, प्रेम पौडेल र बालकलाकार काजल गिरीले अभिनय गरेका छन् ।

निर्देशक गिरीले आफूहरुले दशैको अबसर पारेर दर्शकलाई उपहार स्वरुप निर्जला पस्किन लागेको बताएका छन् । कार्यक्रममा फिल्मका संगीतकार तथा गायक बाबुलले निर्जलाको शीर्ष गीत, दशै गीत र भाले मोटर पनि गाएका थिए ।

SUBSCRIBE 👉