एलिनालाई जयकिशनको तिम्रो हेराईले


काठमाडौं । अभिनेता जयकिशन बस्नेतद्वारा निर्मित फिल्म ‘धुम’को तेस्रो सिक्वेल ‘धुम ३’को गीत सार्वजनिक भएको छ । दिनेश सुवेदीको शब्द तथा टंक बुढाथोकीको स्वर र संगीत रहेको ‘तिम्रो हेराईले’ बोलको गीतमा कामना प्रसाईले पनि स्वरमा साथ दिएकी छन् ।

गीतमा एलिना रायमाझी र जयकिशनले फिचरिङ गरेका छन् । गीतमा शिव विकको कोरियोग्राफी छ । फिल्ममा प्रज्जवल गिरी, शोभित बस्नेत, उत्तम केसी, सुरबीर पण्डित, सिमरन कार्कीलगायतका कलाकारको अभिनय छ । आगामी असोज ५ गते रिलिज हुने फिल्ममा जीवन श्रेष्ठको छायांकन, जयकिशनकै लेखन छ ।

SUBSCRIBE 👉