एलिसा बनिन् २०१४ की एसएलसी प्रिन्सेस


slc-princess-2014 (68)ग्ल्यामर नेपाल, काठमाडौं । सिजन मिडियाले राजधानीमा आयोजना गरेको चौथो संस्करणको ‘टिभिएस जुपीटर एसएलसी प्रिन्सेज २०१४’को उपाधि एलिसा श्रेष्ठले जितेकी छन्। राजधानीमा सोमबार आयोजना गरेको फाइनल प्रतियोगितामा उनले ५४ प्रतिष्पर्धीलाई पछि पार्दै उक्त उपाधि चुमेकी हुन्। विधागत तर्फ ‘अर्गनाइजर च्वाईस अवार्ड’की विजेता समेत बनेकी उनले शीर्ष उपाधिसँगै टीभीएस स्कुटर, छात्रवृत्ति र विभिन्न उपहार प्राप्त गरेकी छन्।

प्रतियोगितामा अनुष्का थापा फष्ट, निलुफा थापा सेकेण्ड, अस्मिता गौतम थर्ड र अष्पु थापा फोर्थ रनरअप घोषित भए। अष्पुले विधागत तर्फको ‘मिस पपुलर’ विधाको अवार्ड पनि प्राप्त गरिन्। उनीहरुले पनि विभिन्न उपहार पाए। विधागत अवार्डतर्फ रोजा केसीले ‘मष्ट ट्यालेन्ट’, सुलेक्षा महर्जनले ‘मिस पर्सनालिटी’, डिम्पल शर्माले ‘बेष्ट ड्रेस’, प्रतिज्ञा शर्माले ‘बेष्ट स्किन अवार्ड’, बेनाजिल राईले ‘पे्रmन्डसिप अवार्ड’, अनुषा कायस्थले ‘बेष्ट हेयर’, कामना भट्टराईले ‘बेष्ट स्माइल’, अर्जु गुरुङले ‘मिस इनोन्सेन्ट’ पोल्टामा पारे।

यसैगरी दिव्या नेपालले ‘डिस्किङसन अवार्ड’, शिवानी भण्डारीले ‘मिस मल्टीमिडिया अवार्ड’, रमिला श्रेष्ठले ‘बेष्ट वल्क’, आस्था विष्टले ‘भ्युअर्स च्वाईस अवार्ड’, क्रिपा गुरुङले ‘मिस डिसिप्लिन’, किरन खत्रीले ‘एजुकेसन अवार्ड’, श्लेषा लामिछानेले ‘मिस फोटोजेनिक’, जिन्तिना श्रेष्ठले ‘पङचुअल अवार्ड’ र डिम्पल शर्माले ‘ब्युटीफूल आइज’को अवार्ड जितिन्। कार्यक्रममा विविध सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो।

एसएलसी प्रिन्सेस २०१४ को सम्पूर्ण तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस

SUBSCRIBE 👉