१० लाख खर्चमा बन्यो ‘आदत २’ भिडियो


काठमाडौं । अमेरिकामा बसोबासरत गीतकार अम्बिका गुरुङका शब्दहरूको नयाँ आधुनिक गीत ‘आदत–२’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा गायक सुमन केसीको स्वर रहेको गीतमा शंकर थापा स्माइलको संगीत छ । गीतमा उदयराज पौडेलको एरेन्जमेन्ट छ ।

भावसागर ईन्टरटेन्मेन्ट एलएलसीद्वारा प्रस्तुत गरिएको भिडियोमा शान थापाको निर्देशन छ । भिडियोमा पल शाह, पुष्प खड्का, निराजन प्रधान र दीपिका प्रसाईले फिचरिङ गरेका छन् ।  झण्डै एक साता लगाएर छायांकन गरिएको उक्त भिडियोमा झण्डै १० लाख रुपैयाँ लगानी गरिएको छ । भिडियोमा अनुराग ठकुरीको समेत विशेष भूमिका छ ।

भिडियोमा अभिनय गर्ने कलाकारका पहिरन आशिष पौडेल तथा कमल मानन्धरले डिजाइन गरेका हुन् । सुरेश काफ्लेद्वारा ड्रोन सञ्चालन गरिएको उक्त भिडियोलाई अर्जुन तिवारी, बुद्ध थापा तथा समुहले छायांकन गरेको हो । भिडियोमा विजय बस्यालको भिएफएक्स छ भने सुप्रिम पराजुलीले यसलाई सम्पादन गरेका छन् । राजिव समर भिडियोका कोरियोग्राफर हुन् । टौवा क्रिएसनले उक्त भिडियो निर्माण गरेको हो ।

SUBSCRIBE 👉